ब्ल्याक बोर्डमा ‘पी प्लस एन’ लेख्थ्योःनीता ढुंगाना

मनोरंजनसंसार डटकम | Wednesday, October 9th, 2013

फिल्म क्षेत्रमा ‘कान्छी हिरोइन’ भनेर चिनिने नीता ढुंगाना २२ वर्षमा प्रवेश गरिन् । करिअरका हिसाबले उनलाई जमेकी हिरोइनकै रूपमा लिइन्छ । ‘मितिनी’ फिल्ममा बालकलाकार भएर रजतपट टेकेकी उनले फिल्म ‘मसान’मा अभिनय क्षमता देखाइन् र ‘नोटबुक’बाट उनले उत्कृष्ट हिरोइनको अवार्ड पाइन् ।

तपाईंलाई ‘कान्छी हिरोइन’ भन्दा रहेछन् । अस्ति जन्मदिन पनि मनाउनुभयो । कति वर्षमा टेक्नुभयो ?
नढाँटी भन्दा २१ पूरा भएर २२ लागेँ ।

कमिसन राखेर भन्नु भा’को हो कि ?
मैले ढाँट्न चाहेर पनि ढाँट्न सक्दिनँ । बालकलाकारका रूपमा मेरो पहिलो मुभी ‘मितिनी’ थियो । त्यो फिल्म रिलिज भएको कति भयो, हिसाब गर्ने हो भने मेरो उमेर आपैmँ पत्ता लाग्छ ।

त्यसो भए तपाईंको उमेर सही हो ?
मैले किन ढाँट्नु ? बाइस वर्षको उमेरमा नाम कमाएकी छु, पहिचान बनाएकी छु । यो त सही उमेर भनेर गर्व गर्ने कुरो पो हो त ।

एनएफडिसी बेस्ट एक्ट्रस अवार्ड पनि सानै उमेरमा पाउनुभयो है…
उमेर सानै हो । तर, मलाई त ढिलै पाए जस्तो लाग्छ, किनभने बच्चादेखि फिल्ममा भिजेँ । लाइट, क्यामरा, एक्सनमा डुबेँ । ‘मितिनी’ पछि ‘अजम्बरी नाता’ मा खेलेँ । त्यसपछि १५ वर्षकै उमेरमा ‘सैयाँ हमार देहाती मिल गए’, ‘भैया राखी की लाज रखियो’ लगायत तीन वटा भोजपुरी फिल्ममा हिरोइनका रूपमा काम गरेँ । त्यसैले उमेर सानै भए पनि फिल्म क्षेत्रमा लागेको धेरै भयो ।

राम्रै अवार्ड मानिने नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी¬¬) अवार्ड पाएपछि एउटा उचाइ चुमेँ’ भन्ने महसुस त भयो होला ?
परिश्रमको फल पाएँ । मेरा लागि त्यो अवार्ड बहुमूल्य छ । नोमिनेसनमा रेखा थापा, निशा अधिकारी, प्रियंका कार्की, गरिमा पन्तजस्ता ट्यालेन्टेड एक्टे«स थिए । उमेर र अनुभवको हिसाबले उनीहरू मभन्दा धेरै माथि हुन् । मैले त अवार्ड पाउने अपेक्षा पनि गरेकी थिइनँ ।

प्रायः नेपालका फिल्म अवार्ड विवादित हुन्छन् । चित्त नबुझेपछि मान्छेले धेरै कुरा काट्छन् । तपाईंको मामिलामा पनि यस्तै भा’को थियो । तपाईंलाई के लाग्छ ?
मानिस जति अगाडि बढ्दै जान्छ, उसका खुट्टा तान्ने पनि त्यति नै बढ्दै जान्छन् । नेपालमा राजेश हमालजस्ता सिनियर कलाकारको कुरा काट्न त मान्छेले भ्याउँछन् भने म त नीता ढुंगाना, भर्खरै आ’की केटी । मेरो कुरो काटिनु स्वाभाविकै हो ।

बालकलाकार हुँदा सोचिएका कुरा पूरा भएका छन् कि छैनन् ?
मैले सोचेका सबै कुरा पूरा भएका छन् । आज आएर मान्छेले मेरो कुरा काट्नु बेकार हो जस्तो पनि लाग्छ । मेरो ब्याकग्राउन्ड हेर्ने हो भने म त फिल्म क्षेत्रमै हुर्केकी केटी हुँ । छ वर्षकी हुँदा म पहिलो पटक क्यामराको अगाडि उभिएँ, ‘चेतना’ भन्ने सिरियलका लागि । बच्चैदेखि कसैले ‘तँ के बन्छेस् ?’ भनेर सोध्दा मेरो जवाफ ‘हिरोइन’ नै हुन्थ्यो । अलिकति चञ्चले, अलिकति नक्कल–झक्कल गर्ने स्वभाव थियो ।

‘चेतना’ सिरियलमा चाहिँ कसरी पुग्नु भा’थियो ?
दादासँग खुल्लामञ्चमा गाईजात्राको कार्यक्रम हेर्न गा’थेँ । सानैदेखि डान्स गर्न खुब रहर लाग्थ्यो । प्रोग्राम हेर्न गा’को मान्छे ‘म पनि नाच्छु कि नाच्छु’ भनेर रुन थालेँ । हैरान भएर दादाले ‘मेरो बहिनी पनि नाच्छे’ भनी आयोजकसँग रिक्वेस्ट गरे र फर्म भरे । त्यहाँ ठूलठूला आर्टिस्ट थिए । बच्चाले रिक्वेस्ट गरेपछि ‘ल नाच’ भने । मेरो नाच, हाउभाउ, बोल्ने तरिकाले उनीहरूको मन छोयो होला । निर्देशक दिनेश कार्कीले चाहिँ ‘सिरियल खेल्छौ ?’ भनेर सोध्नुभयो । मैले ‘कति पैसा आउँछ अंकल ?’ भनेर सोधिछु । उहाँले हाँस्दै ‘पैसा आउँछ’ भनेपछि खेल्छु भनेँ । उहाँले दाइसँग कुरा गर्नुभयो । कुरा गरेको एक–डेढ हप्तापछि सुटिङ सुरु भयो ।

अनि सिरियलबाट फिल्मसम्म कसरी पुग्नुभयो ?
नेपाल आटर््सले ‘आँगन’ भन्ने डान्स कम्पिटिसन गराएको थियो । त्यसमा म विनर भएँ । मेरो डान्स मन पराएर र चञ्चले खालको केटी चाहिने भएकाले त्यहाँ आएका निर्देशक नगेन्द्र घिमिरेले सम्पर्क गर्नुभयो र फिल्मका लागि छनोट भएँ ।

हिरोइन बन्नका लागि एक्टिङको एकेडेमिक कोर्स पनि गर्नुभएको छ कि ?
छैन । एक्टिङ सिकेर सिकिन्छ भन्ने लाग्दैन । यो मनैदेखि आउने कुरा हो । तर, एक्टिङ गर्दा हाउभाउ के हुन्छ, के कुरा फिल गर्नुपर्छ ? आदि कुरा सिक्नुुपर्छ जस्तो लाग्छ । मैले एक्टिङ, डान्स केही सिकेकी छैन । डान्स अलिअलि गर्छु । त्यसलाई ‘गड गिºट’ नै भन्नुपर्ला ।

एसएलसीपछि के पढियो त ?
मेरो चाहना त हिरोइन बन्ने थियो । त्यसैले यो विषय लिएर पढछु र यो बन्छु भन्ने नै आएन । कुनै विषय लिएर नर्मली पढ्छु, त्यसमा मेहनत गरेर लाग्दिनँ भन्ने थियो । त्यसैले हचुवा तालमा कमर्स पढेँ । ब्याचलर्ससम्म पढेँ । दिमागमा पढ्नुपर्छ भन्ने भए पनि मन फिल्ममा हुन्थ्यो । मैले मनको कुरा सुनेँ, पढाइ रोकियो ।

तपाईंमा अलिकति ‘मै हुँ’ भन्ने भावना छ रे, हो ?
बच्चामा कुनै प्रोग्राममा जाँदा म अडिएन्स बनेर हेर्दिनथेँ । ‘म भोलिपर्सिको ठूलो मान्छे काँ’ यो प्रोग्राम हेरेर बस्छु’ भन्ने सोच्थेँ । प्रोग्राममा मलाई इम्पोर्टेन्स दिने हो भने जाने, नत्र नजाने स्वभावकी थिएँ । केही ठूलो हुँदा पनि यही स्वभाव रह्यो । कसैका अगाडि झुक्न आएन । तर, अहिले चाहिँ मैले अहम्, घमण्ड देखाउन हुन्न भन्ने बुझेँ । केही नहुँदा त्यस्ती थिएँ, अहिले केही छु र बदलिएकी छु । यसैले भन्छन् होला, फलेको वृक्ष निहुरिन्छ भनेर ।

‘मितिनी’को सेटमा खुब चकचक गर्नुभाथ्यो रे !
एकदमै गरियो नि । फिल्मकी ‘मितिनी’ मेरी साँच्चीकै मितिनी हुन् । तीनचार वर्षमै मित ला’को । सुटिङमा चारपाँच जना बच्चा थियौँ । हामीहरू धेरै नै गाली खाने काम गथ्र्यौं । बच्चाहरूका लागि छुट्टै बाथरुम भए पनि रेखा दिदी (रेखा थापा) र विपना दिदी (विपना थापा) को बाथरुममा जान्थ्यौँ । निर्देशक अनिश कोइराला कर्नºलेक्स खानुहुन्थ्यो, हामीलाई पनि दिनुहुन्थ्यो, ‘फोहर नगरी खाऊ’ भनेर । हामी चाहिँ छरपष्ट पारी खान्थ्यौँ । उहाँ बाथरुममा जाँदा टावेल लुकाइदिन्थ्यौँ ।

यो विगत भयो । अब भविष्यका योजना के छन् ?
हुन त मलाई सबै कुरा पुग्दै आएका छन् । तर, एकमात्र ठूलो दुःख भनेको ममी नहुनु हो । ठूलो भएपछि नाम कमाएर, पैसा कमाएर ममीलाई सुख दिने चाहना थियो । त्यो चाहना पूरा हुन सकेन । अघिल्लो वर्ष उहाँ बित्नुभयो । आपूm दक्ष भइसकेपछि भविष्यमा अनाथालय खोल्ने र अनाथ बालबालिकालाई पाल्ने इच्छा छ ।

यो सोच कहिले र कसरी आयो ?
सानैदेखि म यस कुरामा अलि सेन्सिटिभ थिएँ । सडक बालबालिकालाई हेरेर आँशु झार्थें । हिरोइन बनेपछि टन्न पैसा कमाएर सबैलाई पाल्छु भन्ने लाग्थ्यो ।

हिरोइन भएपछि कमाइँदो रहेछ त टन्न पैसा ?
आपूmलाई पुगिरहेको छ । आज हिरोइन भएकैले महिनाको दुई, अढाई लाख कमाइरहेकी छु । हिरोइन नभएको भए पाँचदश हजारको जागिर खाएर बस्थेँ होला । म मध्यम वर्गीय परिवारबाट आएकी हुँ । मैले यति कमाउनु धेरै हो नि । कि होइन ?

होला । अहिले सम्पन्नता छ । विगतमा के कुराको अभाव थियो, सबैभन्दा बढी ?

म बच्चैदेखि बुज्झकी थिएँ । परिवारलाई सहयोग गर्थें । साथीहरूले आमाबुवासँग जिद्दी गरेर लुगाफाटा किन्थे । म एकदमै ज्ञानी । घरको मान्छेलाई कहिल्यै पीडा दिइनँ । कक्षा ८ मा पढ्दादेखि मैले डान्स सिकाउन सुरु गरेँ । त्यहाँबाट पनि अलिअलि आम्दानी गर्थें । हुन त ममीले मैले भन्नुभन्दा अघि नै सबै कुरा पूरा गरिदिनु हुन्थ्यो । कहिल्यै केही कुराको अभाव हुन दिनुभएन ।

घर जोड्दै हुनुहुन्छ रे ?
हो ।
घर जोड्ने भइयो, ‘बार’ चाहिँ कहिले जोड्ने त ?
घरबार अहिले नजोड्ने । भर्खरै त ‘नीता ढुंगाना’को पहिचान बनेको छ । धेरै दुःख र काम गर्न बाँकी नै छ । म सम्पन्न मान्छे होइन । अहिले पनि स्ट्रगलिङ पिरियडमै छु । अनाथआश्रम खोलेर बच्चा पाल्ने सोच छँदै छ । जति काम गर्दै गयो, त्यति लोभ लाग्दै जान्छ, उति सपना बढ्दै जान्छन् । म कामलाई बढी महŒव दिन्छु । घरबार जोड्ने कुरो धेरै पर छ ।

त्यसो भए ब्वाइफ्रेन्डले त्यति बेलासम्म कुर्छु भनेका छन् !
भए पो कुर्नु । म कलाकार, मेरो पेशालाई बुभ्mने मान्छे चाहिन्छ । नबुझेपछि परेन फसाद । ‘आज बिहे ग¥यो, भोलि डिभोर्स प¥यो’ भन्नुभन्दा बिहे नगरेको राम्रो । हिरोइन हुँदासम्म बिहे गर्दिनँ ।

त्यसोभए आजसम्म आएका सबै प्रस्ताव अस्वीकार गरियो ?
साथीहरूको लहैलहैमा लागेर धेरै अफेयर चले । जानी नजानी गरेका ती अफेयरको के कुरा गर्नु ? केटाहरूले दिएका भएभरका लभलेटर राख्छु । मसँग २५÷२६ वटाको संग्रह छ । दिनेको लभलेटर लिइदिन्छु र थक्काउँछु । बेला–बेला पढ्छु । रमाइलो लाग्छ ।

नबुझीकन फस्र्ट लभ कहिले गरियो ?
चार कक्षामा पढ्दा । प्रदीप भन्ने केटाले स्कुलको भ¥याङको भित्ता र ब्ल्याक बोर्डमा ‘पी प्लस एन’ लेख्थ्यो । क्लासमा कागजले मलाई हिर्काउँथ्यो । उसको डरले कति दिन स्कुलै गइनँ । त्यहाँदेखि सुरु भएको मायाको क्रम अहिलसम्म कति हो कति भनी साध्य छैन ।

तपाईंलाई मन पराउनेले तपाईंको माया पाउन के गर्नुपर्ला ?
मेरो काममा डिस्टर्ब गर्नुभएन । मलाई बुभ्mनुप¥यो । यति भए पुग्छ ।

कस्तो मान्छेले तपाईंलाई आकर्षित गर्छ ?
सलमान खानजस्तोले । जीवन लुइँटेल र आर्यन सिग्देल पनि मन पर्छन् ।

पहिलो भेटमा पुरुषको के कुराले प्रभावित गर्छ ?
बोलीले । अनुहार हेरेर म कहिल्यै पनि आकर्षित हुँदिनँ । बोलीबाट मान्छेलाई चिन्छु ।

टिभीको आवाज नसुनी निद्रै पर्दैन रे तपाईंलाई ?
टिभीबाट मैले नाच सिकेँ । घरमा एक्लै हुँदा ढोका थुनेर ममीको सारीचोलो लगाएर ऐनामा हेरेर टिभीमा देखिने हिरोइनहरूको नक्कल गर्थें । टिभी मेरो त्यतिबेलादेखिको साथी हो । मलाई थाहा भएदेखि हरेक रात टिभीको आवाज सुनेर निदाउँछु । लोडसेडिङमा बत्ती नहुँदा मलाई निदाउनै गाह्रो पर्छ, निद्रै लाग्दैन । अहिले पनि आधा घण्टामा आफैँ बन्द हुने टाइम मिलाएर टिभीको आवाज सुन्दै सुत्छु ।
शुक्रवारबाट

Facebook Comments