Thu. Apr 25th, 2024

लामो दाह्री भएको मान्छेलाई कचौरो चाहिँदैन भनेको सुन्दा कसलाई पत्यार लाग्ला र ! तर, अमेरिकाको सानफ्रान्सिस्को निवासी इसियाह वेबको चर्तिकला देख्नुभयो भने यस्तो सम्भव हुने कुरामा तपाईंले विश्वास गर्नुहुनेछ ।
उनको दाह्री निकै लामो छ, ऋषिमुनिको जस्तै । दाह्रीलाई उनी मनखुसी रूपमा विभिन्न आकार बनाएर बाट्ने गर्छन् । यसको तल्लो पट्टिको भागलाई कचौराजस्तो बनाएर यसमा चाउमिन राखी काँटाले झिकेर खाने गर्छन् ।
उनले यस्तै अनौठो खालका फोटा हालै सार्वजनिक गरेका छन् । दाह्रीलाई चिया बोक्ने ट्रेजस्तो बनाएर जुँगामा पाँच वटा गिलास बोकेको फोटो पनि उनले सार्वजनिक गरेका छन् । दाह्रीमै बर्गर स्ट्यान्ड, पेय पदार्थ अँठ्याउने ठाउँ आदि पनि बनाएका छन् । यस्तै रोचक काम गर्ने भएकाले उनलाई साथीहरू ‘मिस्टर इन्क्रेडिबल’ (अविश्वसनीय करामत गर्ने) भनेर बोलाउने गर्छन् ।
दाह्री सुमसुम्याउँदै २९ वर्षीय उनी सुनाउँछन्, ‘दाह्री बाट्नेलगायत काममा श्रीमतीको सहयोग लिने गरेको छु । उनकै सहयोगको कारण विभिन्न कटमा दाह्री बाट्न सम्भव भएको हो ।’ उनले आफ्नो ब्लगमा दाह्रीको स्याहारसुसारबारे टिप्स पनि दिएका छन् ।
3
1d51

%d bloggers like this: