
आशिकी ३ मा कार्तिक आर्यन
काठमाडाैँ । ‘भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई कयौं फिल्मको अफर आइरहेको छ । हालै मात्र उनले फिल्म ‘आशिकी ३’का लागि अनुराग बसुसँग हात मिलाएका छन् । यो प्रतिक्षित फिल्ममा बलिउडका कयौं स्टारहरुको नाम आइरहेको थियो, तर अब भने यो फिल्म कार्तिकको पोल्टामा परेको छ । कार्तिकले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै यसबारे जानकारी…