Fri. Mar 29th, 2024

काठमाडाैँ । ‘भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई कयौं फिल्मको अफर आइरहेको छ । हालै मात्र उनले फिल्म ‘आशिकी ३’का लागि अनुराग बसुसँग हात मिलाएका छन् । यो प्रतिक्षित फिल्ममा बलिउडका कयौं स्टारहरुको नाम आइरहेको थियो, तर अब भने यो फिल्म कार्तिकको पोल्टामा परेको छ ।

कार्तिकले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । ‘बसु दासँग मेरो पहिलो फिल्म आशिकी ३’, उनले लेखेका छन् । यद्यपि फिल्म निर्माताहरुले प्रमुख अभिनेत्रीको बारेमा कुनै जानकारी दिएका छैनन् । यो एक प्रेमकथाको फिल्म हुनेछ । यसअघिका संस्करणभन्दा यसको कथा केही पृथक हुने निर्माण पक्षको भनाइ छ ।

‘आशिकी यस्तो फिल्म हो, जसलाई देखेर म हुर्किएको हुँ र आशिकी ३ मा काम गर्नु कुनै सपना सत्य हुनु जस्तो हो । म यो अवसरका लागि भूषण कुमार र महेश भट्टसँग सहकार्य गर्नका पाउँदा आफूलाई भाग्यशाली ठान्छु । म अनुरागको कामबाट प्रभावित छु र अब उहाँहरुसँग काम गर्न पाउनु मेरो लागि सिकाईको अवसर हो’, कार्तिकले भनेका छन् ।

राहुल रोय र अनु अग्रवाल स्टारर ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्ममा महेश भट्टको निर्देशन थियो । सन् २०१३ मा यसको सिक्वेल ‘आशिकी २’ मोहित सुरीले निर्देशन गरेका थिए । फिल्ममा श्रद्धा कपूर र आदित्य रोय कपुरको अभिनय थियो ।

Leave a Reply

%d bloggers like this: