भाद्र १३ गते प्रदर्शनमा आएको चलचित्र उत्सवले अब असोज ३ गते उपत्यकामा प्रदर्शन मिति तय गरेको छ । उपत्यका भित्र प्रदर्शन भइरहेको चलचित्र ‘उत्सव’ ले कमजोर व्यापार गरिरहेको अबस्थामा अब असोज ३ गते उपत्यका बाहिर प्रदर्शनमा जाने भएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूरमा दर्शकको क्रेज अझैपनि नघटेपछि चलचित्र उत्सव लगायतका चलचित्रको यति बेला व्यापार निकै कमजोर रहेको देखिन्छ ।चलचित्र कोहिनूरमा दर्शकको चाप प्रदर्शनमा आएको पाँचौ सातामा पनि उस्तै देखिएपछि अब व्यापार भन्दा पनि चलचित्र प्रदर्शन गर्नु नै उचित ठानेपछि चलचित्र उत्सव युनिटले उपत्यका बाहिर चलचित्र प्रदर्शन गर्न लागेको छ । उपत्यका बाहिरबाट भने चलचित्र युनिटले चलचित्रको व्यापार राम्रो हुने विस्वास राखेको छ । तर उपत्यका बाहिर पनि कोहिनूरले हलहरु अझैपनि भरिएका छन् । यस विचमा चलचित्र उत्सवले उपत्यका बाहिरका लागी प्रदर्शन मिति तय गरेको छ । कुमार भटराईको निर्देशन र शेखर कोइरालाले लगानी गरेको चलचित्र ‘उत्सव’मा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको सगै निर्माता कोइरालाका छोरा संजोग कोइरालाको मुख्य भुमिकामा देखिएका छन् ।