Thu. Apr 18th, 2024

पछिल्लो समयमा निकै व्यस्त नायकका रुपमा चिनिएका आर्यन सिग्देल चलचित्र ‘आवेग’ को छायंकनको क्रममा उनी घाइते भएका छन् । चलचित्रको एक एक्सन दृश्यका लागी छायंकन गर्दा उनको घुडामा चोट लागेको छ । उनको पहिलो चलचित्र ‘किस्मत’ देखी नै उनलाई घुडाको समस्या रहिआएको थियो,अब त्यसमाथि उनको घुडामा चोट लागेपछि अप्रेसन गर्नु पर्ने अबस्था पनि हुन सक्ने बताइएको छ ।aaryan1घुडामा चोट लागेपछि हिड्न समेत नसक्ने अबस्थामा पुगेका आर्यनलाई चलचित्र युनिटले नै आर्यनको घर सम्म पुराएको थियो । बालकुमारीमा भइरहेको चलचित्र आवेगको छायंकनका क्रममा आर्यनलाई घुडामा चोट लागेपछि यति बेला चलचित्रको सम्पुर्ण काम ठप्प भएको छ । ९० प्रतिशत छायंकन सकिसकेको चलचित्र आवेगमा आर्यन मुख्य भुमिकामा छन् । आर्यन यस चलचित्रमा पुर्ण एक्सन भुमिकामा देखिएका छन् । बसन्त निरौलाले निर्देशन गरेका चलचित्र ‘आवेग’मा अर्चना डेलाल आर्यनको साथमा देखिदै छिन् । सूर्य कार्कीले लगानीमा निर्माण भइरहेको चलचित्र ‘आवेगमा’ आर्यन सिग्देल,अर्चना डेलाल,पवित्रा आचार्य, धु्रव दत्त, रमेश वुढाथोकी आदी कलाकाहरुको मुख्य भुमिका रहने छ । चलचित्र यमन म्यूजिक र वी.एन फिल्मस्को ब्यानरमा बन्न लागेको हो ।

%d bloggers like this: