सायद यो सुन्दा अचम्म लाग्न सक्छ कि एक व्यक्तिले सबै काम एकसाथ कसरी गर्न सक्छन् म्युजिक भिडियोमा भन्ने तर त्यो आश्चर्यको कुरालाई गायक तथा संगीतकर्मी जेम्स प्रधानले देखाएका छन् । उनले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि आफुले निकालेको संसारकै फरक खाल्को म्युजिक भिडियो सार्वजानिक गरेका छन् । जसमा जेम्सले गीत रचना,संगीत कम्पोज,एरेञ्ज,बाद्यवाधकन,गायक सथै मोडलिंग समेत आफैले गरेका छन् । त्यति मात्र नभई उनले म्युजिक भिडियोमा क्यामेरा समेत आफैंले चलाएका छन् । यस ‘वान मेन सेल्फिगं म्युजिक भिडियो’ संसारमै अहिले सम्मकै पहिलो म्युजिक भिडियो हो । ‘म हिडें है’ नामक गीत रेकर्ड गर्ने रेकर्डिस्ट र सेक्सोफोन बजाइदिनमा चै जेम्सलाई अमूल कार्कीले साथ दिएका थिए । त्यस भन्दा अरु सम्पुर्ण काम जेम्सले नै गरेका छन् । म्युजिक भिडियोको लागी स्टोरी बोर्ड तयार पार्ने,लोकशन खोज्ने जस्ता प्रि प्रोडक्सनको काम देखी छायांकन,निर्देशन,अभिनय सम्म आफैले गरेका जेम्स प्रधानले पोष्ट प्रोडक्सनमा सम्पादन र कलर करेक्सनको काम समेत आफैले गरेका छन् । जेम्सको उक्त गीत हेरे पनि कार्यक्रममा उपस्थित सम्पुर्णले उनको तारिफ गरेका थिए । उनले निकै राम्रो र पृथक तरिकाले उक्त म्युजिक भिडियो बनाउन सफल भएका छन् ।