Fri. Mar 29th, 2024

00सायद यो सुन्दा अचम्म लाग्न सक्छ कि एक व्यक्तिले सबै काम एकसाथ कसरी गर्न सक्छन् म्युजिक भिडियोमा भन्ने तर त्यो आश्चर्यको कुरालाई गायक तथा संगीतकर्मी जेम्स प्रधानले देखाएका छन् । उनले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि आफुले निकालेको संसारकै फरक खाल्को म्युजिक भिडियो सार्वजानिक गरेका छन् । जसमा जेम्सले गीत रचना,संगीत कम्पोज,एरेञ्ज,बाद्यवाधकन,गायक सथै मोडलिंग समेत आफैले गरेका छन् । त्यति मात्र नभई उनले म्युजिक भिडियोमा क्यामेरा समेत आफैंले चलाएका छन् । यस ‘वान मेन सेल्फिगं म्युजिक भिडियो’ संसारमै अहिले सम्मकै पहिलो म्युजिक भिडियो हो । ‘म हिडें है’ नामक गीत रेकर्ड गर्ने रेकर्डिस्ट र सेक्सोफोन बजाइदिनमा चै जेम्सलाई अमूल कार्कीले साथ दिएका थिए । त्यस भन्दा अरु सम्पुर्ण काम जेम्सले नै गरेका छन् । म्युजिक भिडियोको लागी स्टोरी बोर्ड तयार पार्ने,लोकशन खोज्ने जस्ता प्रि प्रोडक्सनको काम देखी छायांकन,निर्देशन,अभिनय सम्म आफैले गरेका जेम्स प्रधानले पोष्ट प्रोडक्सनमा सम्पादन र कलर करेक्सनको काम समेत आफैले गरेका छन् । जेम्सको उक्त गीत हेरे पनि कार्यक्रममा उपस्थित सम्पुर्णले उनको तारिफ गरेका थिए । उनले निकै राम्रो र पृथक तरिकाले उक्त म्युजिक भिडियो बनाउन सफल भएका छन् ।

%d bloggers like this: