Thu. Mar 28th, 2024

नेपालमा पहिलो पटक बजाज इन्टरटेनमेन्टले आयोजना गरेको ‘तिज म्युजिक अवार्ड-२०७१’ बाट गायिका देविका बन्दना उत्कृष्ट तिज गायिका र सुनिता दुलाल उत्कृष्ट तिज गीतको अवार्ड हात पारेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त अवार्ड वितरण गरिएको छ । IMG_2483

देविकाले ‘म त फुरुक्कै’ गीतमार्फत अवार्ड पाएकी हुन् भने सुनाताको  ‘तिजको आयो लहर’नामक गीतले अवार्ड हात पारेको हो । उत्कृष्ट तिज गीत भाका तर्फबाट ‘अहिलेको तिज’ गीतमार्फत हरि विष्टले अवार्ड हात पारेका छन् । त्यस्तै, क्रमश उत्कृष्ट तिज गीत भिडियो सम्पादक विष्णु शर्मा,उत्कृष्ट भिडियो छायाकार,राजेश घिमिरे,‘झल्को माइतीको’ र ‘मलाई त कति मज्जा’ गीतले अवार्ड पाएका छन् ।

10629789_853598271318667_8161343663668932808_n

विभिन्न १२ विधामा प्रदान गरिएको अवार्ड समारोहमा उत्कृष्ट एल्बम ‘माइतीको संझना’ बन्न सफल भयो । त्यस्तै, ‘वर माग्छु शिवजीलाई’ मार्फत बब्बु थापा उत्कृष्ट मोडल (पुरुषतर्फ) र ‘अहिलेको तिजमा’ मार्फत दिपाशा बिसीले उत्कृष्ट मोडल (महिलातर्फ) को अवार्ड पाए । उत्कृष्ट तिज गीत भिडियो निर्देशक ‘आमाले दिएको’ गीतमार्फत शंकर बिसी, उत्कृष्ट एरेञ्जर ‘अहिलेको तिजमा’बाट झलक संगीतम् र उत्कृष्ट तिज दोहोरी (पुरुषतर्फ) ‘आर्शीवाद माग्छु’ मार्फत खुमन अधिकारीले अवार्ड हात पारे भने (महिलातर्फ) ‘बुढा आधा आधा’ गीतमार्फत पुर्णकला बिसी र उमा श्रेष्ठले अवार्ड पाए । कार्यक्रममा उत्कृष्ट तिज गीत शब्द ‘माइती देश’ मार्फत गायत्री थापा र उत्कृष्ट भाकाको अवार्ड हरि विष्टले पाए । छायाँछवि क्रियशनको इभेन्टमा आयोजित कार्यक्रममा सहिमा श्रेष्ठ, सुनिता कार्कीलगायतका गायक÷गायिकाले तिज गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा तीजका विभिन्न गीत गाएर गायक तथा गायिकाहरुले मनोरञ्जन प्रदान गरेका थिए । तीजको विशेष सांकृतिक कार्यक्रमसँगै सहभागीलाई आयोजकले दर समेत खुवाएको छ ।

%d bloggers like this: