Fri. Apr 19th, 2024

bhulbhulaiya film shoot
चलचित्र नोटबुक निर्देशन गरेका योगेश घिमिरेले निर्देशन गरेको चलचित्र भुलभुलैया को छायंकन यति बेला धमाधम भइरहेको छ । अगभग अन्तिम चरणमा छायंकन भइरहेको चलचित्र भुलभुलैयालाई उच्चतम डिजिटल प्रविधिको प्रयोग गरेर चलचित्र निर्माण भइरहेको चलचित्रका निर्देशक घिमिरेले बताएका छन् । मानिसको मृत्यु पश्चात उ खुल्ला आकाशमा बिलिन हुने बिषय बस्तु लिएर निर्माण भएको चलचित्र भुलभुलैयामा जिवन लुइटेल , निता ढुंगाना , स्वेहित मानन्धर आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ । संगित बसन्त सापकोटाको संगित,शिबम अधिकारीको कथा,रोशन श्रेष्ठको द्धन्द्ध , कबिराजको नृत्य , राजेन्द्र थापाको  र स्वप्नील बरालको गित लेखन रहेको छ । काठमाडौं आसपासमा चलचित्र भुलभुलैयाको छायंकन यति बेला धमाधम भइरहेको छ ।

%d bloggers like this: