Tue. Apr 30th, 2024

मुम्बई, २७ चैत (एजेन्सी) । मोडल तथा बलिउड अभिनेत्री कल्की कोचलिनले आफू सानो हुँदा यौन शोषणको शिकार भएको बताएकी छन् । फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मार्फत चर्चामा आएकी यी अभिनेत्रीले एक टेलिभिजन च्यानलसँगको अन्र्तर्वातामा यस्तो खुलासा गरेकी हुन् ।
अन्र्तर्वाताका क्रममा उनले सानोमा आफ्नैबाट यौन शोषणको शिकार भएको बताउँदै उक्त कुरा त्यखितेर पब्लिकमा ल्याउन डर लागेकाले मनमै राखेकी बताइन् । कल्कीले भनिन्, ‘हामी कहाँ धेरै यस्ता हिंसामा परिसकेका छन् । यो कुरा सबैलाई थाहा भएकै हो । मेरो केही महिला साथी बाल यौनशोषणको शिकार भइसकेका छन् ।’
उनले भारतमा ५३ प्रतिशत बच्चा यौन शोषणको शिकार हुने गरेको दावी गर्दै भनिन्, ‘तर यस्ता कुरा पछिल्लो समय मात्र सार्वजनिक हुँदै आएका छन् । कतिपय आफू यौन शोषणमा परेर पनि सार्वजनिक गर्न डराउँछन्, जसको उदाहरण म आफै पनि हुँ ।’ उनले आफ्नै परिवार भित्रकैबाट यौन शोषणमा परेको बताएकी छन् । आफूलाई सानो हुँदा यौन शोषणबारे राम्ररी थाहा भएको बताए पनि उनले नाम भने लिन चाहिनन् । उनले बाल यौन शोषणका कुरा सार्वजनिक गर्न एकमात्र उपाय भएको बताइन् ।

%d bloggers like this: