Tue. Apr 30th, 2024

काठमाडौं, चैत २१ । अभिनेत्री प्रियंका कार्कीसँग पाँचजना चल्तीका मोडलले ‘बबाल’ गरेका छन् । चर्चित गीतकार, संगीतकार एवं गायक रमेशराज भट्टराईको चर्चित गीत ‘बबाल भो’मा एक अभिनेत्रीसँग पाँचजनाको बबाल भएको हो । प्रियंकासँग बबाल गर्नेमा चर्चित मोडलहरु शंकर विसी, बिजय थापा, महेन्द्र गौतम, बब्बु थापा, नरेश क्षेत्री छन् ।
‘माया लाको उनले र मैले दुनिया“लाई के सवाल भो, आज फेरी पापी शहरमा बबाल भो, बबाल भो’ जस्ता शब्दमा सजिएको उक्त गीत हिट भएपछि भिडियो सुटिङ गरिएको छ । रमेशराजका अयसअघि ‘उसले जति माया तिमीलाई’, ‘मैले तिमीलाई चाहेर पनि’, ‘स“गै जीउने बाचा गरी’, ‘तिम्रो झुठो पिरती’मा जस्ता गीतहरु चसर्चत छन् । त्यस्तै उनी आफैंले गाएका चचिर्त गीतहरु ‘उपहार तिमीलाई म तरबार दिन्छु’, ‘मैले उनको सामु भन्न मात्र’, ‘तिमीलाई सम्झी रुने यो मन’, ‘तिम्रो झुठो पिरती’ गीतहरुले बजार पिटेका थिए ।
रमेशराज भट्टराईको शब्द, संगित एवं स्वरमा रहेको उक्त गीतको म्युजिक भिडयो प्रशन्न पौडेलेले निर्देशन गरेका छन् । सुदिप बरालको छायांकन र दीपक श्रेष्ठको कोरियाग्राफीरहेको छ । भिडियो यही सोमबार सार्वजनिक गर्ने रमेराजले बताएका छन् ।
http://www.youtube.com/watch?v=NlKP03J4dpE
babal 1

%d bloggers like this: