Tue. Apr 30th, 2024

काठमाडौं, १४ चैत । नेपाली चलचित्र ‘राहदानी’ को प्रचार सामग्री तथा अडियो बिहीकार एक कार्यक्रमबीच राजधानीमा सार्वजनिक गरिएको छ । चलचित्रको गीत तथा पोस्टर कवि तथा गीतकार दिनेश अधिकारीले सार्वजनिक गरेका थिए । बैदेशिक रोजगारीमा देखिएका समस्यामा आधारित चलचित्र ‘राहदानी’ को लेखन तथा निर्देशन पत्रकार डब्बु क्षत्रीले गरेका हुन् । चलचित्रमा बैदेशिक रोजगारका विकराल समस्यालाई उठाइएको निर्देशक क्षत्रीले बताए ।
कार्यक्रममा ‘राहदानी’ का गीतकार चण्डिप्रसाद श्रेष्ठले विदेशमा नेपाली कामदारले भोगेको समस्यालाई आफूले चलचित्रको गीतमा उतारेको प्रकाश पारेका थिए । उनले ‘राहदानी’ ले उठाएको मुद्दालाई स्मरण गराउँदै नेपाली युवा नेपालमै रोजगार हुनपुर्ने धारणा व्यक्त गरे । सार्वजनिक गरिका दुईवटा गीतमध्ये एउटा आईटम गीत र एउटा सेन्टिमेन्टल छन् । चेतन सापकोटा र जुगल डंगोलको संगीत रहेका गीतको रचना चण्डिप्रसाद श्रेष्ठ र डब्बु क्षत्रीले गरेका हुन् । चलचित्रमा प्रमोद खरेल, दुर्गा खरेल र निशा देशारको स्वर छ ।
२८ चैतमा रिलिज गर्ने भनिएको ‘राहदानी’लाई केही महिना मुलुकका विभिन्न स्थानमा विशेष प्रदर्शनपछि मात्र देशव्यापी रिलिज गरिने निर्देशक क्षत्रीले बताए । लक्ष्मीप्रसाद ढकालको प्रस्तुति  ‘राहदानी’ मा दयाहाङ राई, अशोक रिजाल, रूपा खनाल, बिनिता घिमिरे, नवीन लम्साल, सिर्जना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, विधा कार्की, विकाश जोशी, लक्ष्मणविक्रम बस्नेत, शैलेन्द्र बस्नेतलगायतको अभिनय छ भने एउटा गीतमा रीमा विश्वकर्माले आइटम डान्स गरेकी छन् ।

http://i0.wp.com/medianp.com/wp-content/uploads/2014/03/rahadaani-21.jpg

%d bloggers like this: