Mon. Dec 30th, 2024

काठमाडौं, फागुन २१ ।  प्रवासी नेपाली साहित्य समाज वेलायतले अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार १ सय ८८ रुपैया सहयोग हस्तान्तरण गरेको छ । राजधानीको दरबारमार्गस्थित मधुशाला गजल रेष्टुरेन्टमा बुधबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष तथा नेपाल प्रतिनिधि तथा फिल्म निर्देशक मिलन चाम्सको संयोजनमा चर्चित गायक राजेश पायल राई तथा चर्चित सफल गायक उदय सोताङबाट खालिङका आफन्तलाई रकम हस्तान्तरण गरेको हो ।
उनकी आमा डिकमाया खालिङ, श्रीमती रविता राई खालिङ तथा खालिङ बचाउ अभियानका प्रतिनिधिले उक्त रकम  बुझेका हुन् । सोही कार्यक्रममा गायक राजेश पायल राईले २५ हजार रुपैंया खालिंगको परिवारलाई राजेशपायल राई फाउन्डेसन  मार्फत प्रदान गरे । सामाजिक काममा समेत अघि सर्ने राजेशले आबुधाबीमा कन्र्सट गर्न गएकै बेला सहयोग गर्ने बताएका थिए ।
युएईमा मृत्युदण्ड सुनाईएका २३ बर्षिय खालिङ्को जीवन रक्षाको लागि आवश्यक पर्ने ‘ब्लड मनि’को निमित्त प्रवासमा सक्रिय साहित्य समाजले उक्त रकम प्रत्यक्ष र अनलाइन मार्फत दाताहरुबाट संकलन गरेको हो । अनिस खालिङका लागि ४११ दाताले सहयोग गरेको थिए ।
संखुवासभाका २३ वर्Èीय युवा अनिसलाई युएईको दुवईस्थित माथिल्लो अदालतले तल्लो अदालतको मृत्युदण्डको फैसलालाई सदर गरेको थियो । दुबईको आबुधावीमा घरेलु कामदारका रुपमा काम गरिरहेका राईलाई पाकिस्तानी नागरिक बंगाल खानको हत्या गरेको आरोपमा यसअघि त्यहा“को तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । मत्स्यपोखरी गाविस–३ निवासी राईको मृत्युदण्ड हुने भएपछि उनको आयबाट आश्रित ७५ वर्Èीय बुबा भीमप्रसाद,  आमा डिकमाया, श्रीमती रविता र नाबालक छोरी रितु न्यायको खोजीमा काठमाडौ“ आएका हुन् । २३ बर्से अनिस खालिङ सिएमए अध्ययन गर्दागर्दै परिवारको गर्जाे टार्नका लागि दुबई गएका थिए । मृतक बंगाल खानको रगतको मुल्य (ब्लड मनि) रु ८६०००००(छयासी लाख) तिर्न सकेमा अनिस खालिङलाई मृत्युदण्डबाट बचाउन सकिन्छ । अनिस खालिङ बचाऊ अभियान अन्तर्गत नेपाली रुपैयाँ ८६००००० (छयासी लाख) ब्लड मनि संकलन कार्य सुरु गरिएको छ ।
समाजले पूर्व अध्यक्ष सुरेन्द्र इङनामलाई संयोजक तोकी संकलन कार्यलाई अगाडि बढाएको थियो । समाजका अध्यक्ष जितेन्द्र चेम्जोङका का अनुसार नेपाली साहित्यिक संस्थाले कल्याणकारी कामको लागि उठाएको यो रकम सम्भवतः आज सम्मकै ठूलो राशी हो । सन् २००१ मा स्थापित साहित्य समाजले प्रत्येक बर्ष एकजना उत्कृष्ट स्रष्टा र उत्कृष्ट समाजसेवीलाई सम्मान साथै अन्य कल्याणकारी कामहरु गर्दै आएको छ । समाजको सक्रियतामा संकलित रकमको विवरण र दाताहरुको नामावली आफ्नो वेवसाइट www.pravasi.com.np मा राखिने पनि जनाएको छ । दाताहरु वेलायत, जर्मनी, अमेरिका लगायतका रहेका छन् ।