Tue. Apr 30th, 2024

तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई । ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र ? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन् ! एकअर्काको आलिंगनमा रहेका उनीहरूको झन्डै ओठ पो जोडिएलाजस्तो देखिन्छ । उनीहरूको यो आत्मीयता तस्बिरबाट मात्रै मूल्यांकन गर्नेले अहिलेको जमानामा फरक अर्थ लगाउन सक्ने प्रशस्त संभावना छ । यसका केही देखिने कारण छन्, उनीहरूको म्यारिटल स्ट्याटस सिंगल हो । नेपाली युवतीको विवाहको औसत उमेर दुवैले घर्काइसकेका छन् । र, अँध्यारो रातको तस्बिर छ । त्यसैले कतै उनीहरू ‘त्यही’ त होइनन् ? नआत्तिनुहोस्, यो एकान्तमा लिइएको तस्बिर होइन । फिल्म वितरक गोपाल कायस्थकी छोरीको पार्टीमा खिचिएको तस्बिर हो । अर्काे कुरा उनीहरू निकै आत्मीय साथी हुन् । उनीहरूलाई नजिकबाट जान्नेले मात्रै बुझेका छन् । अरूले बुझ्ने अर्थ त अलग पो हुन्छ त । त्यसैले जोगाउने कुरा जोगाएकै बेस ! जमाना खराब जो छ । शुक्रवारबाट

%d bloggers like this: