Tue. Apr 30th, 2024

एक वर्ष जेठाकान्छा जुम्लाहा जन्मिएको कुरा अपत्यारिलो लाग्न सक्छ । यस्तै पत्याउन गाह्रो घटना अमेरिका र क्यानडामा घटेको छ ।
गत साता सारा संसारले नयाँ वर्ष मनाइरहेका बेला अमेरिकी सहर वासिङ्टन डिसी र क्यानेडाली सहर टोरन्टोमा यस्ता रोचक घटना घटेका हुन् । दुबै ठाउँमा केही मिनेटको अन्तरालमा जुम्लाहा बच्चा जन्मिएपछि वर्षका हिसाबले उनीहरु एक वष जेठाकान्छा भएका हुन् ।
डिसेम्बर ३१ को राधी ११ बजेर ५८ मिनेट जाँदा वासिङटन डिसीको मेडस्टार अस्पतालमा एक महिलाले जुम्लाहा छोरीमध्ये जेठीलाई जन्म दिइन् । त्यसको तीन मिनेटपछि अर्को छोरी जन्मिँदा एक मिनेटअघि नै नयाँ वर्ष लागिसकेको थियो ।
त्यसैगरी टोरन्टोमा पनि एक महिलाले जुम्लाहा छोरीलाई यसरी नै जन्म दिइन् । पहिलो ११ बनेर ५२ मिनेटमा र कान्छी १२ बजेर १ मिनेटमा जन्मिएको अस्पतालले जनाएको छ ।
‘कस्तो अचम्म ! केही मिनेटको अन्तरालमा जन्मिएपनि उनीहरुको ‘बर्थडे’ अलग अलग दिनमा पर्ने पर्ने भयो,’ टोरन्टोमा जन्मिएका जुम्लाहा बालिकाकी आमा लिन्ड्से साल्गुरियोले भनिन् ।

%d bloggers like this: