Tue. Apr 30th, 2024

काठमाडाैँ । कलाकार, निर्माता तथा वितरक गोविन्द शाही प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाद्वारा सम्मानित भएका छन्।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटेर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन ठूलो भूमिका निर्वाह गरेको भन्दै कांग्रेस निकट नेपाल सांस्कृतिक संघले उक्त सम्मान प्रदान गरेको हो। सो कार्यक्रमममा अन्य कलाकारहरू पनि सम्मानित भएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमाणपत्र तथा खादा सहित शाही लगायत अन्य व्यक्तिहरूलाई सम्मान गरेका थिए।

सम्मानित भएपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यु बाट नेपाल संस्कृति संघको कार्यक्रममा मैले पुर्याएको योगदानलाई उच्च क़दर गरी प्रधानमन्त्री ज्युको हातबाट सम्मानित हुन पाउँदा गर्व महशुस गरेको छु। साथै मलाई साथ दिने संघका साथी अग्रजहरूलाई हृदय देखि नै आभार व्यक्त गर्दछु।’

Leave a Reply

%d bloggers like this: