आगामी घटस्थापनाको दिन ‘प्रेमगीत ३’ रिलिज हुने

काठमाडाैँ । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन स्थगित भइरहेको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ अब असोज ७ गते प्रदर्शन हुने भएको छ ।

आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै असोज ७ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेको हो । यसअघि २०७६ सालको चैत २८ गते र २०७८ सालको फागुन १३ गते गरी दुई पटक चलचित्रको प्रदर्शन मिति घोषणा गरिए पनि कोरोनाका कारण प्रदर्शन स्थगन भएको थियो ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङले शीर्ष भूमिका निर्वाह गरेको यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको समेत अभिनय रहनेछ।

राजेश श्रेष्ठले खिचेको यो फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ भने कल्याण सिंह र एलिस कार्कीको संगीत रहनेछ।

यस्तै फिल्ममा वनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन छ। फिल्मका निर्माता सन्तोष सेन हुन् भने निर्देशन चाहिँ निर्माता सेन र छेतेन गुरुङले गरेका हुन्।

Leave a Reply

Back To Top