Thu. Jan 23rd, 2025

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगल ग्रहमा हेलिकप्टर उडाउन सफल गरेको छ नासाले सफल रुपमा सानो आकारको हेलिकप्टर मंगल ग्रहमा उडाएको हो ।
योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो । पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको बीबीसीले जनाएको छ ।
यो पृथ्वीबाट नियन्त्रण गरी अन्तरिक्षमा उडाइएको पहिलो एयरक्राफ्ट भएको नासाका अधिकारीहरुले दावी गरेका छन् । मंगल ग्रहमा रहेको एक उपग्रहले पृथ्वीमा सन्देश पठाएरसँगै यसको पुष्टि भएको थियो ।
नासाले आगामी लिनमा थप उडान गर्ने हौसला मिलेको जनाएको छ । नासाका वैज्ञानिकहरुले आगामी दिनमा अझ बढी साहसिक उडानका लागि अनुसन्धान गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन् । रोटर क्राफ्ट नामको उक्त हेलिकोप्टर गत फेब्रुअरीमा मंगलग्रहमा लगिएको समाचारमा जनाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Leave a Reply