Thu. May 2nd, 2024

काठमाडाैँ । अमेरिकन आइडल रनरअप दिवेश पोखरेलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ ।
अर्थर गन नामबाट परिचित दिवेशले अमेरिकन आइडलको १८ औं संस्करणमा दोस्रो स्थान हात पारेका थिए। दिवेशले बिहिबार आफ्नो आधिकारिक युट्युब च्यानलबाट ‘कागबेनी’ बोलको गीत सार्वजनिक गरेका हुन्।
गीतको म्युजिक भिडिओ दिवेश र लश मन्दुले निर्देशन गरेका छन्। भिडिओलाई दिवश गुरुडले निर्माण गरेका हुन्। ‘कागबेनी’ गीत दिवेशको नयाँ सार्वजनिक हुन लागेको एल्बम ‘खोज’मा समावेश गरिएको गीत हो। दिवेशको ‘खोज’ एल्बम यही मार्च २२ मा सार्वजनिक हुँदैछ।
 
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: