काठमाडाैँ । एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति भएका छन् । बिहीबार अमेजनका सिइओ जेफ बेजोसलाई १.५ बिलियन डलरले पछि पार्दै उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।
बिहीबार उनको कूल सम्पत्ति १८८ विलियन डलर रहेको थियो । जुन जेफ बेसोजको भन्दा १.५ विलियन डलरले बढी हो ।
ब्लुमबर्ग विलियनार्य इन्डेक्सका अनुसार बेजोस २०१७ देखि विश्वकै सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानका बसिरहेका छन् ।
एलन मस्क विश्वकै प्रसिद्ध विद्युतीय कार टेस्ला र अन्तरीक्ष संस्था स्पेसएक्सका संस्थापक हुन् ।
उनलाई विश्वकै सबैभन्दा धनी बनाउनमा टेस्लाको सबैभन्दा ठूलो हात छ । टेस्लाको सेयर गत मार्चयता ८३० प्रतिशतले उकालो लागेको छ । टेस्लाको अहिले एक सेयरको मुल्य ८१६ अमेरिकी डलर रहेको छ ।
एलन मस्कले गएको केही वर्षमा मात्रै १५० विलियन डलरभन्दा धेरै सम्पत्ति आर्जन गरेका छन् ।