Sat. Nov 23rd, 2024


शुरुवात छोटो फिल्म हिस्ट्रीबाट गरे फिल्म स्टडी सामान्य अर्थमा फिल्म सम्बन्धि गहिरो अध्ययन र अनुसन्धान हो l
फिल्म स्टडी भनेको फिल्म भित्रका विभिन्न बिषयहरुको अलग अलग थेउरि र प्राक्टिकल अध्ययन हो जस्तै डाइरेक्सन ,अभिनय ,स्क्रिप्ट राइटिंग,क्यामेरा ,एडिटिंग ,एक्सन इत्यादी l परिभाषामा हामि भन्न सक्छौ Film is the study of conflicts between the aesthetics of visual and the textual analysis of screenplay. l फिल्म पनि एउटा बिज्ञान हो जसमा खोज ,अनुसन्धान ,एक्स्पेरिमेंट ,क्रिएसन आदि सबै हुन्छ l अलिकति हिस्टिरीमा जाउ १९१९ मा मस्को फिल्म स्कुल स्थापित भयो जुन विश्वको पहिलो फिल्म स्कुल हो त्यसपछि औपचारिक रुममा फिल्मको प्रचलन विश्वमा फैलियो l अमेरिकाले सिनेमेतिक बेस USC School of Cinematic Arts १९२९ मा स्थापना गर्यो जसले मोशन फिल्म को कन्सेप्ट विश्व माझ ल्यायर आज हामी त्यसैको फिल्मी लहरमा छौ lहुन त फिल्मका प्रकारहरु छन् फिल्मलाइ विभिन्न विधामा छुट्याएकोछ तर सामान्यतया हामी फिल्म या मुभी भन्न बित्तिकै कमर्सियल सिनेमा हलमा लाग्ने मुभिलाई बुझ्दछौl मोडर्न युगमा आएर फिल्मले एउटा उद्योगको रुप लागिसकेको छ आज फिल्म एडुकेशनले धेरै फड्को मारी सकेको छ युनिभर्सिटी सम्म पुगिसकेको अबस्थामा बिकसित राष्ट्रले यसलाई प्रोफेशनको रुपमा लागेका छन् हाम्रो जस्तो मुलुकमा अझै पनि राम्ररि तेस्तो हुनसकेको छैन l नेपाली फिल्महिस्ट्री तिर आउदा ,पहिलो नेपाली फिल्म “सत्य हरिश्चन्द्र” हो जुन कलकत्तामा १९५१ मा निर्माण भयको थियो l नेपालमा बनेको पहिलो चलचित्र आम़ा हो जसलाई Information Department of His Majesty’s तेतिबेलाको श्री ५ को सरकारले निर्माण गरेको थियो र प्राइभेट सेक्टरबाट बनेको पहिलो फिल्म माइतीघर हो जुन १९६६ मा प्रदर्शनमा आयको थियो l माइतीघरबाट अहिले सम्म आउदा नेपाली फिल्म उद्योगले धेरै फड्को मारीसकेको छ तर बिडम्बना फिल्म एजुकेशनले फड्को मार्न सकेन फिल्म स्टडी गर्नलाई देश छोड्नै पर्ने बाध्यता अझै पनि रहेको छl बल्ल तल्ल एउटा ओस्कार कलेज त्यो पनि काठमान्डूमा मात्र सिमित छ अन्य विषयका कलेज हेर्नेहो भने प्रतेक घरको दैलो अगाडी छन् भन्दा फरक नपर्ला l हरेक चिजको केहिन केहि विकल्प हुन्छ हामि संग कलेज युनिभर्सिटी नभय के भो त विभिन्न इन्स्टिच्युट छन् ,थियटर पिलेट फर्म छन् ,डान्स कल्चर छन् ,मार्शल आर्ट कोर्स छन् कम्तिमा यहाँबाट केहि सिकियो भने पनि धेरै गर्न सकिन्छ तर केहि देखेको भरमा सुनेको भरमा गर्न सक्छु भन्ने ठानेमा गर्न त सकिएला तर राम्रो रिजल्ट दिन पक्कै सकिदैन l
नेपाली फिल्म इन्ड्सट्रीले पछिल्लो समयमा आएर राम्रो मार्केट जमायाको छ जुन हामी पत्र पत्रिकामा,समाचारमा देख्ने सुन्ने गर्छौ फलानो मुभी ले यति करोड कमायो भनेर वास्तविकता हो अहिले राम्रो मुभी प्रोड्युस गर्न सक्यो भने मजाले करोडको क्लबमा प्रवेश गर्छ तर फिल्म दर्शकको डिमाण्ड अनुसारको हुनुपर्यो l
कडा मेहेनत नगरे कलाकार भईदैन ,कडा मेहेनत नगरे हिरो भईदैन . जिउ मेन्टेन गर्नलाई शारीरिक कसरत गर्नुपर्यो , जिम जानुपर्यो ,एक्सनको लागि मार्शल आर्टको प्राक्टिसलाइ निरन्तरता दिरहनुपर्यो उता डान्सको प्राक्टिस गरिरहनु पर्यो , अयाक्टिंग तेस्तै जब शूटिंग शुरु हुन्छ न भोक ,न निद्रा,न रात न दिन अब फिल्मी कलाकार र क्रियु को जिन्दगि कस्तो? बरु आर्मी पुलिसमा युद्द बाहेक खाने सुत्ने त समयमा हुन्छ होला l फिल्मको शूटिंग राति १२ बजेको छ यता निद लागि सक्यो अब के गर्ने?भोक लागिसक्यो उता सिन continue शूट भईराछ अब के गर्ने? तेसैले समयमा खाने र समयमा सुत्ने मान्छेले फिल्म दुनियामा इन्ट्री नगर्दा नै बेस, यस क्षेत्रमा भोक निद खटाउन सक्नु पर्छ ,ट्रेनिंग हुन्छ त्यो गर्न सक्नु पर्छ रिहर्सल हुन्छ समय दिन सक्नु पर्छ शूटिंगको दौरानमा देश विदेश जानु पर्छ जान सक्नु पर्छ फिल्मको प्रोजेक्ट गरिसके पछिपनि फिल्मको प्रोमोशनमा दौडिनु पर्छ इत्यादी दुख कस्ट हुन्छन l
फिल्म बनाउन सजिलो चाही पक्कै छैन चलचित्र बिकाश बोर्ड को एन नियम भित्र रही गर्नुपर्ने प्राबधान देखि लियर प्रि प्रोडक्सन -शुटिंग -पोस्ट प्रोडक्सन देखि मार्केटिंगसम्म आउदा धेरै दुख कस्ठ सहनु पर्ने झंजटहरु छन् lत्यसैले फिल्मी कलाकार र क्रियु हरुको जिन्दगि आर्मी पुलिसको भन्दा कडा हुन्छ l न समयमा खान पाउछन न सुत्न यो भन्दा ठुलो पिडा अरु के हुन सक्छ समग्रमा भन्नुपर्दा फिल्ममा जम्न र जमाउन सजिलो छैन धेरै गाह्रो छl यसका मुख्य सकारात्मक पक्ष भनेको नेम हुन्छ फेम हुन्छ र फण्ड हुन्छ फिल्म प्रतिको आकर्षणबिन्दु पनिं यहि हो यति भय सन्तुस्टी मिल्छ अनि सबै दुख भुलेर आनन्द लिइन्छ lमलाइ लाग्छ सन्तुस्टी नै मान्छेको अन्तिम लक्ष्य हो चाहे त्यो जुनसुकै फिल्डको होस् lत्यसैले कलाकारहरु यसैमा आफ्नो जीवन समर्पित गर्दछन l

Leave a Reply