Fri. Mar 29th, 2024

वैशाख १ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘घामपानी’ले तामाङ सेलो गीत‘आपालाई मेरो’ बोलको गीत बिहिबार सार्वजनिक गरेको छ। युट्युबमा अपलोड गरे लगतै दर्शकले औधि मनपराएका छन् l गीतले दयाले केकीलाई तामाङ संस्कृति अनुसार घर भित्र्याएको सन्दर्भ खुलाएको छ।अन्तर्जातीय प्रेम कथामा आधारित उक्त फिल्मको गीतमा चन्द्रकुमार दोङको संगीत र फूलकुमार बम्जनको शब्द रहेको छ। गीतमा सञ्जीव वाइबा, फूलकुमार बम्जन र जितु लोप्चनले स्वर दिएका छन्।फिल्मको माग अनुसार नै तामाङ सेलो समेटिएको निर्देशक दीपेन्द्र लामाले बताएका छन्। सिन्धुलीको निबुवाटार गाउँमा छायाँकन गरिएको गीतमा प्रेम लोप्चनको कोरियोग्राफी रहेको छ भने गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न सकिन्छ।

Leave a Reply

%d bloggers like this: