Tue. Apr 30th, 2024

फुलपातीको फिल्मी बजार रेखा भर्सेज रेखा हुने भएको छ । रेखा फिल्मस्को काली र भोजपुरीको नेपाली डबिङ दामिनी फिल्म फुलपातीमा एकसाथ रिलिज हुनेछन् । यी दुवै फिल्मको प्रमुख पात्र अभिनेत्री रेखा थापा हुन् । कालीमा किशोर खतिवडा र दामिनीमा विराज भट्टले रेखालाई साथ दिएका छन् । मनोज राठीको वितरण टिमले दामिनीलाई दशैंको अवसर पारेर रिलिज गर्न लागेको हो । सुरुमा काली फिल्मलाई मनोज राठी समुहले वितरणको जिम्मा लिएको थियो । तर, रेखा र छविको व्यवसायिक समझदारी भएसँगै कालीलाई छवि समुहले वितरणको जिम्मा लिएको हो । कालीलाई काउन्टर दिन मनोज राठी समुहले भोजपुरीको नेपाली डबिङ दामिनीलाई फुलपातीमै रिलिज गर्न लागेको बुझिएको छ ।
दामिनी फेल खुवाउन पूर्व दम्पती रेखा एण्ड छवि यतिखेर कालीको हल व्यवस्थापन र प्रचारमा व्यस्त छन् । काठमाण्डौ र मोफसलका अधिकाशं हल कालीको लागी बुक भैसकेको फिल्मका कार्यकारी निर्माता ओझाले जानकारी दिए । उनले भने- ‘राजधानी र मोफसल गरी करिब ७५ हलमा काली एकसाथ रिलिज हुनेछ ।’ हलवाला काली रिलिजलाई लिएर उत्साहित छन् । हलबाट डिमान्ड आउने क्रम जारी छ । मंसिर २१ गते लोफर रिलिजको तयारीमा रहेका निर्माता ओझाले कालीको मिडिया प्रचारमा पनि जोड दिएका छन् । पछिल्लो समय आफूले निर्माण गरेका हरेक फिल्मबाट सफलता प्राप्त गरेका छबि यसपटक पनि चुक्न चाहँदैनन् । छविको विश्वास छ, गीतसँगै प्रोमोले पाएको चर्चा र मिडिया प्रचारले गर्दा फिल्म सफल हुन्छ । यतिखेर बजारमा कालीको ‘स्लोली स्लोली…’ गीत र प्रोमोमा समावेश संवाद चर्चामा छन् । अभिनेत्री थापा पनि काली चल्नेमा ढुक्क छिन् ।
रेखा भन्छिन्- ‘यसअघि दशैंमा रिलिज भएका किस्मत, अन्दाज र कस्ले चोर्यो मेरो मन जस्तै काली फिल्मलाई पनि दर्शकले मन पराउनेमा ढुक्क छु ।’ रेखा फिल्मस्मा निर्देशक सबिर श्रेष्ठले ह्याट्रिक गरेका छन् । कस्ले चोर्यो मेरो मन र हमेशा पछि कालीमा श्रेष्ठकै निर्देशन छ । फिल्ममा बसन्त सापकोटाको संगीतलाई सुन्न सकिन्छ ।
काली

दामिनी

%d bloggers like this: