करिब दुई दशकदेखि नेपाली संगीतमा कृयाशील गायक तथा संगीतकार राजकुमार लामिछानेको आफ्नो दोश्रो सांगितीक एल्बम मेरो नेपाल लिएर आएका छन ।
जापानको गुन्माकेनमा आयोजित एक बृहत कार्यक्रमका बीच जापानका लागि कार्यवहाक नेपाली राजदुत गहेन्द्र राजभण्डारी,ओईजुमी माची गुन्माकेनका मेयर, नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धि शेरचन, नमस्ते ब्याण्डका संस्थापक तथा बरिष्ट गायक ईश्वर गुरुङ,चर्चित गायक रामकृष्ण बम मल्ल लगायतका व्यक्तित्वहरुबाट सामूहिकरुपमा बिमोचन गराईएको हो ।
एल्बममा राष्ट्रिय भावले ओतप्रोत ६ वटा गीतहरु समावेश गरिएको छ । समाविष्ट ६ वटै गीतमा, लामिछानेको एकल शब्द,संगीत तथा स्वर रहेको छ । यो भन्दा अघि सन २००० मा पहिलो एल्बम बजारमा ल्याईसकेका लामिछानेको यो दोश्रो एल्बम हो ।
नेपालको राजधानी काठमाडौमा जन्मिएका लामिछाने एक दशक अघिदेखि जापानमा बस्दै आएका छन् । मुलुक बाहिर रहेपनि लामिछानेले नेपाली गीत संगीतको माध्यमबाट नेपाललाई प्रवद्र्धन गरिरहेका छन् ।