Sat. Nov 23rd, 2024

काठमाडौं । बैशाख १२ को विनाशकारी भूकम्प पछि नेपालको पर्यटन क्षेत्रको पुनर्उत्थानको लागि प्राना मुण्डी व्याण्डले एक महिने युरोप यात्रा गर्ने भएको छ । ‘भिजिट नेपाल–हेल्प नेपाल राइज’ भन्ने नाराका साथ मुण्डी व्याण्डले यहि सेप्टेम्बर १ देखि ३० तारिखसम्म यूरोपका ७ देशमा २७ वटा लाइभ क्लासिकल म्यूजिक कन्सर्ट गर्ने भएको हो । 123
प्राना मुण्डीका व्याण्ड म्यानेजर रविन सिटौलाले नयाँ वर्षको शुरुवातमा आएको भूकम्प पछी पर्यटन क्षेत्रमा देखिएका असर कम गर्ने प्रयास तथा नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन यूरोप यात्रा गर्न लागिएको बताए ।
प्राना मुण्डी व्याण्डको यूरोप यात्रालाई सगुन डटकमले सहयोग गरेको छ । सगुन डटकमले वैशाख १२ यता आएको भूकम्प पछि नेपालमा राहत र पूननिर्माणमा क्रममा भुकम्म प्रभावित क्षेत्रमा विद्यालय निर्माण, शौचालय निर्माण तथा काभ्रेमा धुर्मुस–सुन्तली एकिकृत बस्ती निर्माणमा काम गरेको छ ।
’नेपालीले बनाएको सामाजिक सञ्जाल सगुन डटकम पर्यटन क्षेत्रको पुनर्उत्थानको अभियानमा जोडिएकोले हामी निकै उत्साहित भएका छौ । विदेशी भुमीमा आफ्नो देशको कला प्रस्तुत गर्ने पाउने अवसर तथा नेपालीले बनाएको सामाजिक सञ्जाललाई अभिमुखिकरण गर्ने पाउनु यो सुनौलो अवसर हो ।’ प्राना मुण्डीका व्याण्ड म्यानेजर सिटौलाले भने ।
प्राना मुण्डीका व्याण्डले बेल्जियम, स्वीट्जरल्याण्ड, जर्मनी, नेदरल्याण्ड्स, इटली, अष्ट्रिया र हंगेरीमा कार्यक्रम गर्ने छ । जसमा सर्वाधिक रुचाइएका लोक भाकाको लाइव म्युजिक कन्सर्ट गरिने सिटौलाले जानकारी दिनुभयो।
देशको दीगो विकासको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई बढी भन्दा बढी चिनाउन, नेपाल सुरक्षित रहेको सन्देश दिन तथा पर्यटकको मन जित्न कार्यक्रमले निकै सहयोग गर्ने म्यानेजर सिटौलाको विश्वास छ ।
व्याण्डमा तवलावादक मनोज गौतम, सीतारवादक विजय श्रेष्ठ, बाँसुरीवादक प्रताप केसी र गिटारिष्ट सुरेन लामा रहेका छन् । कार्यक्रमको व्यवस्थापन यू टर्न इन्टर्टेन्मेन्ट गर्ने छ ।