Fri. Mar 29th, 2024

प्रितम गुरूङले निर्देशन गरेको  पाते २ यतिबेला प्रदर्शनको लागि तयार छ । यो फिल्म पाते फिल्मको सिक्वेल हा्  । दौरे युवा क्लबले पोखरामा शुक्रबार यो फिल्मको स्पेशल भिआईपी शो गर्दै छ ।
करिब चार दर्जन फिल्म निर्देशन गरिसकेका प्रितमले विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पाते २ को बारेमा सुनाए । उनले भने– ‘यो एउटा उत्कृष्ट र ऐतिहासिक फिल्म बनेको छ भन्ने मेरो विश्वास हो । यस्तै कलाकार माओत्सेले भन्ने छोरीले पनि छोराले जसरी नै केहि गर्न सक्छन् भन्ने सन्देश फिल्मले दिन्छ । कलाकारको रुपमा यो फिल्ममा काम गर्दा मलाई निकै सन्तुष्टि मिलेको छ । र, मैले राम्रो काम गर्ने प्रयास पनि गरेको छु  ।
१५ लाख लगानी भएको फिल्मलाई महेश गुरुङ प्रितम र शेरजंग गुरुङ निर्माण गरेका हुन । फिल्ममा विष्णु गुरुङ, अनुता गुरुङ, अनिता गुरुङ, तारा बहादुर गुरुङ, डिवी गुरुङ, रेशम गुरुङ, लगायतले अभिनय गरेका छन ।

%d bloggers like this: