मंसिर १९ गते प्रदर्शनमा आएका चलचित्र नाईकेमा पहिलो पटक एक्शन अवतारमा देखिएका नायक आर्यन सिग्लेद पुन पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदामा पनि एक्शन अवतारमा देखिएका छन् । आफुलाई दर्शकले यस्तै भुमिकामा देख्न मनपराएका कारण अलबिदामा पनि आफ्नो आर्कषक एक्शन पाटो रहेको आर्यनले सञ्चारकर्मीहरु माझ बताए । ‘मैले अलबिदामा गरेको एक्शन भुमिका म आफैंलाई निकै परेको छ मलाई विश्वास छ मेरो भगवान जस्ता दर्शकलाई पनि मेरो भुमिका मन पर्छ होला भन्नेमा’-आर्यनले भने । आर्यनले फिल्ममा मुस्लिम धर्म मान्ने एक प्रहरीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा डीएसपीको भूमिकामा निभाएका आर्यनले चलचित्र अलबिदाकै लागी आफुले ७ केजी तौल घटाएको पनि पत्रकार माझ खुलाए ।
त्यस्तै चलचित्रमा आर्यनको प्रेमीकाको रुपमा देखिएकी अनिता आचार्यले मुस्लिम धर्म मान्ने यूवतीको भूमिकामा देखिएको खुलाइन । उनले भनिन -‘पहिलो पटक आर्यन सिग्देलसँग काम गर्न पाउँदा निकै खुसी छु’ अनिताले भनिन् चलचित्रमा आफुहरुको जोडीलाई दर्शकले पनि मनपराउने विश्वास व्यक्त गरिन । त्यस्तै चलचित्रका निर्माता एवं कलाकार हसन खानले चलचित्र अलबिदामा रहेको कथा यति बेला सबैको माग हो किनकी हामी एकअर्काको धर्मलाई आत्मसाथ गरेर पर्दामा देखिएका छौं । हसनले हिन्दु धर्म पान्ने पात्रको भूमिका आफु देखिएको पनि खुलाएका छन् । त्यस्तै चलचित्रका निर्देशक लक्ष्मण रिजालले चलचित्र अलबिदालाई धर्मको नजरले हेर्न नमिल्ने बताउदैं धार्मिक द्धन्दलाई फिल्मले मुख्य कथा बनाएको निर्देशक रिजालको भनाई छ । चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । चलचित्रमा अष्ट महर्जनको द्धन्दनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ ।