Sat. Apr 20th, 2024

फागुन १५ गतेदेखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अझै पनिले यति बेला आफ्नो प्रचार प्रसारलाई व्यापकता दिदैं आएको छ । स्व.निर्देशक आलोक नेम्वाङ्को निर्देशनमा तयार भएको चलचित्र अझै पनि आलोक नेम्वाङ्को श्रदाञ्जलीका लागी भएपनि एकपटक चलचित्र हेरिदिन निर्माणपक्षले आग्रह गदैं आएको छ । अझै पनिको प्रचार प्रसारलाई अगाडी बढाउने क्रममा चलचित्र युनिट बुधवार अपरान्ह काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक प्रतियोगात्मक रियालिटी शोमा सहभागी भएको थियो । ट्रिनिटी ईभेन्ट एण्ड मार्केटिङ्ले आयोजना गरेको ‘मिस कलेज आईडल २०१४’को अन्तिम प्रतियोगितामा चलचित्रकी निर्माता पुनम गौतम, नायिका सुरक्षा पन्त, सह-नायकहरु विशाल ढुंगाना र पुष्प खड्काको उपस्थिती रहेको थियो ।

ajhai-pani-11

कार्यक्रममा चलचित्र टिमलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै निर्माता गौतमले चलचित्रले समाजका हरेक पाटोलाई समेट्दै परिवर्तनकारी चेतना फैलाउनुका साथै तथा मनोरञ्जनको नारालाई लिएर बनेको बताईन् । नेपाली नारीका थुप्रै पक्षलाई उठान गर्दै समाजमा हुने फरक(फरक प्रवृत्तीका महिलाका यथार्थ कुरा चलचित्रले पेश गर्ने उनले बताईन् । साथै गौतमले समाजमा नदेखिएका तर यथार्थपरक पात्रहरुले चलचित्रलाई थप रहस्यमय बनाएको जिकिर गरिन् । ‘अझै पनि’ स्व.निर्देशक आलोक नेम्वाङ्को निर्देशनमा बनेको अन्तिम चलचित्र हो । यस चलचित्रमा माथी उल्लेखित कलाकारका अलावा सुदर्शन थापा, पुजा शर्मा, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

%d bloggers like this: