Sat. Oct 26th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म आभाष यति बेला विभिन्न कारणले चर्चामा छ । चलचित्रमा नेपालमा चर्चित कलाकारहरुको अभिनय देखी यति बेला चलचित्रको गीत,संगीतले पनि त्यतिकै चर्चा बटुल्दै गएका कारण आभाषले दर्शक हलसम्म तान्न सफल हुने जानकारहरु बताउँछन् । त्यहि क्रममा चलचित्रका मुख्य कलाकार सयंम पुरीले चलचित्र आभाषको सफलताका लागी खोटाङमा रहेको हलेसी मन्दिरमा प्राथना गरेका छन् । सयंमले फेसबुकमा चलचित्र आभाषको फोटो लिएर हसेली मन्दिर जादैं गरेको तस्विर सार्वजनिक गरेका छन् । एक हातमा सयंमले आभाषको फोटो र अर्को हातमा फुलको गुच्छाले भरिएको टोकरी बोकेका छन् । मनोरञ्जन संसारडटकमसँगको कुराकानीमा सयंमले चलचित्र आभाष सफल होस भनेर हसेली मन्दिरमा पुजा पाठ गरेको खुलाएका छन् ।

Samyam Puri

उनले भने -‘चलचित्र आभाष मैले अहिले सम्म अभिनय गरेका चलचित्र भन्दा फरक र आर्कषक छ त्यसैले एकपटक चलचित्रहलमा गएर आभाष हेरिदिनु होला’- सयंमले भने । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल,गोविन्द शाही लगायतका कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ । पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध,सुरेन्द्र पौडेलको चलचित्रमा सम्पादन रहेको छ । चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले नै निर्देशन गरेका हुन् । यस अघि सार्वजनिक गरिएको टिजर,संगीत,ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया पाएको आभाष यूनिटले पुष २५ गते दर्शकले चलचित्र आभाषलाई पनि रुचाउने निर्माण पक्षको आशा छ । चलचित्रलाई गोविन्द शाही र दिपक शाहीको लगानी रहेको छ ।