जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने पर्पलफेष्ट कार्यक्रम स्थगित गर्न आदेश दिएको छ ।एनसेलको आयोजनामा आज शनिबार रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखेको थियो । कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम स्थगित गर्न आदेश दिएको हो । सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै माघ ८ पछि मात्र कार्यक्रम गर्न आयोजक एनसेललाई आदेश दिएको छ । रंगशालाको निर्माण सामाग्री यत्रतत्र राखिएकाले पनि सुरक्षा संवेदनशीलतालार्इ हेरेर कार्यक्रम स्थगित गर्न आदेश दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिएका छन् । कार्यक्रमका लागि करिब १३ हजार टिकट बिक्री भईसकेको छ । सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै माघ ८ पछि मात्र कार्यक्रम गर्न आयोजक एनसेललाई आदेश दिएको छ ।कार्यक्रममा कपिलसँगै भारतीय चर्चित गायक सोनु निगम र नेपाली कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, सुगम पोखरेललगायतले आफ्नो प्रस्तुती दिने तयारी गरेका थिए ।
अन्तिम समयमा आएर कपिल शर्माको कार्यक्रम स्थगित
Byadmin
Dec 12, 2014Related Post
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?
Jan 3, 2023
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021