Wed. Apr 24th, 2024

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने पर्पलफेष्ट कार्यक्रम स्थगित गर्न आदेश  दिएको छ ।एनसेलको आयोजनामा आज शनिबार रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखेको थियो । कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम स्थगित गर्न  आदेश दिएको हो  । kapil-sharma-2सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै माघ ८ पछि मात्र कार्यक्रम गर्न आयोजक एनसेललाई आदेश दिएको छ । रंगशालाको निर्माण सामाग्री  यत्रतत्र राखिएकाले पनि सुरक्षा संवेदनशीलतालार्इ हेरेर कार्यक्रम स्थगित गर्न आदेश दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिएका छन् । कार्यक्रमका लागि करिब १३ हजार टिकट बिक्री भईसकेको छ । सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै माघ ८ पछि मात्र कार्यक्रम गर्न आयोजक एनसेललाई आदेश दिएको छ ।कार्यक्रममा कपिलसँगै भारतीय चर्चित गायक सोनु निगम र नेपाली कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, सुगम पोखरेललगायतले आफ्नो प्रस्तुती दिने तयारी गरेका थिए ।

%d bloggers like this: