बलिउड नायिका प्रियङ्का चोपडा फिल्म सुटिङका क्रममा डाइलग बोल्दाबोल्दै बेहोस भएको भारतीय मिडियाहरुले जनाएका छन् । ‘बाजिराओ मस्तानी’ फिल्मको सुटिङका क्रममा प्रियङ्का सुटिङस्थलमै बोहोस भएकी हुन् । समाचारमा जनाइए अनुसार चार पेज लामो एक्लैले बोल्नु पर्ने (मोनोलग) डाइलग बोल्दा बोल्दै उनी बेहोस भएकी थिइन्। प्रियंका बेहोस भएपछि ६ घण्टासम्म फिल्मको सुटिङ रोकिएको छ भने सुटिङस्थलमै डाक्टर बोलाएर उनको उपचार गरिएको थियो। प्रियङ्काले लोकप्रिय सामाजिक सञ्जाल ट्विटरमार्फत ‘बाजिराओ मस्तानी’को सुटिङ आफ्नो लागि निकै कठिन भएको खुलासा गरेकी छिन् ।
डाइलग बोल्दा बोल्दै प्रियंका बेहोस
Byadmin
Nov 27, 2014Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021