Thu. Apr 25th, 2024

Priyanka Chopra Wallpapers2बलिउड नायिका प्रियङ्का चोपडा फिल्म सुटिङका क्रममा डाइलग बोल्दाबोल्दै बेहोस भएको भारतीय मिडियाहरुले जनाएका छन् । ‘बाजिराओ मस्तानी’ फिल्मको सुटिङका क्रममा प्रियङ्का सुटिङस्थलमै बोहोस भएकी हुन् । समाचारमा जनाइए अनुसार चार पेज लामो एक्लैले बोल्नु पर्ने (मोनोलग) डाइलग बोल्दा बोल्दै उनी बेहोस भएकी थिइन्। प्रियंका बेहोस भएपछि ६ घण्टासम्म फिल्मको सुटिङ रोकिएको छ भने सुटिङस्थलमै डाक्टर बोलाएर उनको उपचार गरिएको थियो। प्रियङ्काले लोकप्रिय सामाजिक सञ्जाल ट्विटरमार्फत ‘बाजिराओ मस्तानी’को सुटिङ आफ्नो लागि निकै कठिन भएको खुलासा गरेकी छिन् ।

%d bloggers like this: