Thu. Apr 18th, 2024

अहिले सम्म नायक आर्यन सिग्देलले करिब ५० वटा भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् प्राय सम्पुर्ण चलचित्रमा मााया प्रेमका कथा वस्तुमा देखिने आर्यन मंसिर १९ गते भने नाईके भेषमा देखिने भएका छन् । अहिले सम्म अभिनय गरेका चलचित्र भन्दा फरक भुमिकामा देखिन लागेका आर्यन अभिनित चलचित्र नाईकेको नयाँ ट्रेलर रिलिज भएको छ । ट्रेलरमा आर्यनको निकै धमकेदार एक्शन हेर्न सकिन्छ । उनले ट्रेलरमा ‘नाम किन चाहियो पहिचान नै काफि छ’ भनेको सम्वाद निकै आर्कषक तबरले देखाइएको छ ।
naikeट्रेलरको सम्पुर्ण दृश्यमा आर्यन खतरनाक गुण्डा नाईकेको भुमिकामा देखिएका छन् । ट्रेलरमा नायिका सुरबिना कार्की पनि देखिएकी छिन् । द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा नेपाली चलचित्र ‘नाईके’ नेत्र गुरुङले निर्देशनले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल , सुरबिना कार्की,रेम बिक , बोधराज रेग्मी , सारिका केसी लगाएतले अभिनय गरेका छन् । ७० लाखको लगानीमा निर्माण गरिएको चलचित्र नाईकेका कार्यकारी निर्माता भने बिष्णु हमाल हुन् । जगदिश खनाल , नारायण खनाल ,संगिता पराजुलि र आनन्द क्षेत्रीको पनि चलचित्रमा लगानी रहेको छ ।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 
https://www.youtube.com/watch?v=OTPqy9L-4OA&feature=youtu.be

%d bloggers like this: