Fri. Apr 26th, 2024

मङ्सिर १७ गते आयोजना हुन लागेको ‘डि सिने फिल्म अवार्ड’ ले चलचित्रक्षेत्रमा लागेका कलाकार तथा चलचित्रक्षेत्रमा अतुलनिय योगदान पराउदैं लामो समय देखी चलचित्र पत्रकारितामा कलम चलाउने व्यक्तिहरुलाई सम्मान गर्दै आइरहेको छ । मंसिर २७ गते ‘डि सिने फिल्म अवार्ड’ले रजत सम्मान २०४३ मा निर्माण भएको चलचित्र विश्वास बाट अभिनय यात्रा प्रारम्भ गरेर निरन्तर सयौं चलचित्रमा अभिनयरत अभिनेत्री मिथिला शर्मा र २०४४ मा निर्माण भएको फिल्म सन्तान बाट पब्लिसिटि डिजाइन गरी निरन्तर रुपमा सयौं फिल्मका स्टिकर, पोस्टर जस्ता प्रचार सामग्रीका डिजाइनर सुन्दर श्रेष्ठलाई प्रदान गरिने निर्णय गरिएको छायाँछविले जनाएको छ । यसैगरि दुई दशक भन्दा अघिदेखी फिल्म पत्रकारीतामा संलग्न रहि फिल्म पत्रकारिताका माध्यमले निरन्तर यस कर्ममा संलग्न रहि आएका फिल्म पत्रकार विदुर गीरीलाई छायाँछवि चलचित्र पत्रकारीता सम्मान –०७१ प्रदान गर्ने निर्णय गरिएको छायाँछवि द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

d-cine-awards-2071-mithila-sharma-sundar-shrestha-bidur-giriअवार्डको मिति नजिकिदै गर्दा आयोजक छायाँछवि क्रियशनले प्रदान गरीने सम्मानहरु घोषणा गरेको छ । चलचित्रकर्मी रजत सम्मान दोसल्ला एवं प्रमाणपत्र सहित सम्मान गरिने तथा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा भने प्रमाणपत्र सहित नगद रु.६६६६ प्रदान गरिने कुरा छायाँछवि का अध्यक्ष शान्तिप्रियले बताए । अवार्ड आयोजनाका लागी कार्यक्रम निर्देशकका रुपमा प्रदीप कुमार उदय, कार्यक्रम संयोजकका रुपमा वि.एस. लामीछाने एवं अवार्ड अध्यक्षका रुपमा शान्तिप्रिय रहेका छन् । अवार्डका लागी हिमालय टेलिभीजन, रेडियो सिटी एवं फिल्मीखबर साप्ताहिक एसोसिएट मिडीयाका रुपमा छन् । यस पटक पनि अवार्ड प्रज्ञा भवन कमलादीमा भव्य रुपमा सम्पन्न हुदैछ ।

%d bloggers like this: