Sat. Apr 27th, 2024

काठमाडौं / वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ । ५ दिन अगाडि रिलिज भएको चलचित्रले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ।

यो समाचार पार्दासम्म चलचित्रको ट्रेलरले १० लाख ८ हजार ९ सय ९३ भ्यूज पाएको छ । यस्तै १३ सय बढीले ट्रेलरमा प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिने अधिकांशले चलचित्रको ट्रेलर मनपरेको र चलचित्र हेर्न उत्सुक रहेको बताएका छन् ।

ट्रेलर रिलिज पछि मुभिज विधामा ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको थियो जुन आज पाँचौ दिन आइपुग्दा पनि कायम रहेको छ । नेपाल ट्रेन्डिङमा दुई दिन अगाडि रिलिज भएको अक्षय कुमार तथा टाइगर श्राख स्टारर ‘बडे मियाँ छोटे मियाँ’ले पछ्याइरहेको छ ।

यूट्यूबको यो शैलीले सिनेमाप्रति दर्शकहरु आकर्षित रहेको देखाएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा अभिनेता दयाहाङ राई र आँचल शर्माले पहिलो पटक जोडी बाँधेका छन् । चलचित्रमा उनीहरुलाई प्रेमी प्रेमिकाको रुपमा देख्न सकिन्छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण ‘डिग्री माइला’ गरेको हो । चलचित्रमा उनीहरुका अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका छ। चर्चित नेपाली आहान ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइनले सिचलचित्रले केही फरक कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। चलचित्र चैत ३० गते रिलिज हुँदैछ ।

Leave a Reply

%d bloggers like this: