Sat. Apr 27th, 2024

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको अनस्क्रिन जोडी रहेको चलचित्र ‘डिग्री माइला’को ट्रेलर र टिजरले यसको हाइप थप उचालिएको छ । ट्रेलरमा रहेका संवादले चलचित्रको हाइप उच्च बनाएको हो । सामान्य लाग्ने आकर्षक संवादले चलचित्रलाई प्रतिक्षित बनाएको छ ।

मलाई तलब दिने हैसियत छ ? को खान्छौ नि कोक मल्टिनेसनल कम्पनी हो । कन्ट्रि हेडका अफर छ । दश लाख रुपैयाँ तलब, गाडीड्राइभर, बस्ने क्वार्टर, संसार घुम्ने फ्रि एयर टिकट सक्छौ ?

दयाहाङ राईको यो संवादले दर्शकको ध्यान खिचेको छ । यसअघि सार्वजनिक टिजरमा पनि करिब करिब यस्तै रहेको सीजी कम्पनीलेगरेको जागिरको अफर लत्याएको संवाद ठूलो चर्चा पाएको थियो ।

अर्बपति बिनोद चौधरीले टिजरको क्लिप्स नै काटेर सामाजिक सञ्जालमा सेयर गरेका थिए – मैले एक वर्षमा कमाउने तपाईंले एउटै चलचित्रबाट कमाउनु हुन्छ जस्तो छ !

बिनोद चौधरीले टिजर सेयर गरेपछि यो चलचित्रले थप चर्चा बटुलेको थियो । उद्योगी तथा व्यवसायीमाझ यो सिनेमाको चर्चा भएकोथियो ।

अहिले पनि करिब करिब त्यस्तै संवादका कारण अक्सर चलचित्रप्रति खासै धेरै चासो नदिने उद्योगी र व्यवसायीमा यो चलचित्रको चर्चा पाएको छ ।

…स्तर मिल्दैन हो भाइ हो, बुझ न । तेरो आगनमा आएर मेसीले फुटबल खेल्छ ?

…नडराउ मैले चाहेँ भने दुई घण्टामा गाउँमा हेलिकप्टर र सेना झारेर गाउँ नै हरियो बनाइदिन्छु ।

…सहरमा मिस नेपालहरू म जस्तो हेन्डसम र ट्यालेन्ट केटो नपाएर कुमारी बसेका छन् ।

तेरो घरमा ऐन छैन ? कुवामै गएर भए पनि एकपटक तेरो अनुहार हेर ।

अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु ।

योङ जेनेरेसनमा बोलीचालीमै रहेका शब्दलाई टपक्क टिपेर चलचित्र राख्ने गरेकै कारण रामबाबु गुरुङका चलचित्र अर्ग्यानिक लाग्छन् । दर्शकले मन पनि पराउँछन् । त्यसैले उनका चलचित्र नेपाली माटोका मौलिक चलचित्र लाग्छन् । त्यसैले धेरैले उनका चलचित्र मन पराउँछन् ।

प्राय: नेपाली चलचित्र आफ्नै परिवेशबाट टाढा रहने गरेको आरोप लागिरहेका बेला रामबाबुका चलचित्र आफ्नै माटोका कथा बोकेर स्थानीय परिबेश र लवजमा दुरुस्तै बनेर आउँछन् । दर्शकको मनमा बास गर्छन् ।

यही कारण त हो, उनका चलचित्रले हलमा दर्शकको सुनामी ल्याउँछन् । महिनौँसम्म हाउसफुल ब्यापार गर्छन् र रेकर्ड ब्रेकिङ बक्स अफिस कलेक्सन गर्दै बिदा हुन्छन् । आफ्नै गाउँ ठाउँका कथा भन्न माहिर रामबाबुले कथा भन्ने आफ्नै शैली बनाएका छन् ।

डार्क कमेडी जनरामा बसेर दर्शकलाई रमरम हसाउँदै गाउँ ठाउँको कथा भनेर दर्शकलाई आफ्नो पोल्टामा बाँध्नसक्ने उनको यही क्षमताले जुनसुकै चलचित्र बनाउन् रामबाबुका चलचित्र वर्षकै प्रतिक्षित बन्ने गरेका छन् ।

दयाहाङ राईले केही वर्ष अगाडि निर्देशन गरेको ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो चलचित्र बनेको छ । चलचित्रले वेरोजगारीको कथा चलचित्रमा पस्किनेछ ।

चलचित्रलाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो । दयाहाङ र आँचलसँगै चलचित्रमा विजयबराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेनछ । चलचित्रमा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ । ऋचा ट्रेलरमा पनि समेटिएकी छन् ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई चलचित्रले आफ्नो ट्यागलाइन बनाएको छ ।

चलचित्र आगामी चैत ३० गते रिलिज हुनेछ । निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनले खिचेका छन् ।

Leave a Reply

%d bloggers like this: