Mon. May 6th, 2024

काठमाडौं / अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग‘को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएका छन् ।

शनिबार चलचित्रले यी कम्पनीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने प्रालिले मोफसल वितरण गर्नेछ ।

अनिल योञ्जनको निर्देशन रहने चलचित्रलाई ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा लिको व्यानरमा निर्माण रहने चलचित्रमा जिएम ठकुरीप्रस्तुकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन् । शनिबार कम्पनीका तर्फबाट हरि मल्ल ठकुरीले वितरण सम्झौता गरेका हुन् ।

अष्ट्रेलियामा ९० ५ तथा नेपालमा १० ५ छायाँकन रहने चलचित्र रोम-कोम जनरामा बन्नेछ ।

चलचित्रमा आविस्कार बहुसंचार प्रा.लिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोडियूसरमा डिव्वाईज इन्टटेन्मेन्ट रहेको छ । योकम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’ लगायतका १० बढि नेपाली चलचित्रको अष्ट्रेलियामा वितरणगरिसकेको छ ।

चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ। निर्माणपक्षले यसलाई रंगिन प्रेमकथा भनेको छ ।

चलचित्रले सजिलोसँग तोडिने र गार्होसँग जोडिने मायालाई हसाएर, रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुःखसमेत देखाउनेछ । चलचित्र वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ। ‘रुमानी’को अर्थ एउटा सुन्दर र मनमोहक हो।

महेश पौडेलको सिनेम्याटोग्राफी रहने चलचित्रमा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह-निर्माता छन् ।

Leave a Reply

%d bloggers like this: