Wed. Jan 22nd, 2025

काठमाडौं / रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर रिलिज भएको छ ।

सार्वजनिक टिजरमा चलचित्रका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षककालागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ ।

टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ । यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।

३ मिनेट र केही सेकेण्ड लामो टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रुपमा दाबी गरेको देखाइएको छ । रमाइलो शैलीमा प्रस्तुत गरिएको टिजरले ट्रेलर तथा चलचित्रप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ ।

सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो ।

सिनेमामा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।

सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। सिनेमा आगामी नेपालीनयाँ वर्षमा रिलिज हुनेछ ।

सिनेमामा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

Leave a Reply