Thu. Feb 29th, 2024

काठमाडौं / महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर बनेको सिनेमा ‘अन्जिलाको छायांकन सकिएको  

छायांकन थालिएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिलाकै अन्तिम सिन खिचिएको थियो एन्जिलाकै जन्मथलो इलामको आइतबारेबाट छायांकन सुरु गरिएको थियो  यसपछि इलामझापा  काठमाडौँमा खिचिएको हो 

मिलन चाम्स निर्देशित सिनेमामा एन्जिलाका साथै दयाहाङ राईमिरुना मगरसिर्जना सुब्बामाओत्से गुरुङबुद्धि तामाङविजयबरालहरि खड्कामन्जु श्रेष्ठबेदना राईसिध्दार्थ  सिंहसुरज तमुसुमिन गुरुङबिष्णु मोक्तानको पनि अभिनय   सिनेमकानिर्माता प्रेम कुमार श्रेष्ठको पनि मुख्य भूमिका   एन्जिलाको व्यस्तताका कारण फिल्मको छायांकन सुरु हुन ढिला भएको थियो 

छायाङ्कन सकिएपछि सह-निर्माताद्वय राजेश बगडिया  विनोद अग्रवालले एन्जिलालाई एकथान स्कुटर उपहार प्रदान गरेका छन् त्यस्तैफिल्मलाई सम्पन्न गरिदिएकोमा धन्यवाद दिँदै निर्माता प्रेम कुमार श्रेष्ठले निर्देशक चाम्सलाई पनि बिनेली ब्रान्डको एक स्कुटरउपहार दिएका छन् 

सफल खेलाडी बन्नुभन्दा अघि एन्जिलाले धेरै दुःखहरु भोगेको  इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिनेनिर्देशक चाम्सले बताए 

Leave a Reply

%d bloggers like this: