Mon. May 13th, 2024

काठमाडौं / ‘हल्कारा’ फेम्ड अभिनेत्री विनिता थापा मगरको मुख्य भूमिका रहेको सिनेमा ‘जम्प’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

कथा प्रोजेक्ट्स इन्डिपेन्डेन्ट स्टुडियो र क्रियटिभ माकुरा मिडिया प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमामा विनिताका अलवा सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल कडेलको पनि अभिनय छ । विदेशका विभिन्न फेस्टिभलमा पुगेको सिनेमा दर्शकलाई पृथक लाग्ने निर्देशक कार्कीले बताए ।

सिनेमा साइकोलोजिक थ्रिलर जनरामा निर्माण गरिएको छ । राष्ट्रिय धावक बनेका एक मुख्य पात्रलाई समय परिवर्तन गर्न सक्ने अलौकिक क्षमता प्राप्त हुन्छ । यसपछि उसलाई आफूले दबाएर राखेका विगतका अनुभूतिहरुले पिरोल्न थाल्छन् । योसँगै आउने ट्विस्ट र भ्रष्टचारको कथामा सिनेमा बनेको छ ।

सिनेमाले कथावाचन शैली र प्रस्तुतिमा नेपाली सिनेमा क्षेत्रमा नयाँ मानक स्थापित गर्ने विश्वास कार्यकारी निर्माता इशा खड्काले व्यक्त गरेकी छन् ।

Leave a Reply

%d bloggers like this: