Thu. May 9th, 2024

काठमाडाैँ । नेपाली फिल्म वितरक कम्पनी ‘काफिया फिल्मस’ले विदेशी फिल्म पनि वितरण गर्ने भएको छ । बलिउड फिल्म ‘ड्रिमगर्ल २’ र ‘घुमर’को नेपाल राइट्स पाएसँगै यो कम्पनीले अन्तर्राष्ट्रिय वितरणमा पाइला चालेको हो ।

काफिया फिल्मसका अध्यक्ष गोविन्द शाहीले आगामी शुक्रबार अर्थात् १७ अगष्टबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने बलिउड सिनेमा ‘घुमर’को नेपाल प्रदर्शन अधिकार खरिद गरेका छन् । २ दशकभन्दा बढी नेपाली फिल्म वितरण र प्रवर्द्धनमा लागेका शाहीले व्यापारको दायरा बलिउडसम्म पुर्याएका हुन्।

अगस्ट १७ देखि विश्वभर चल्ने फिल्ममा सावाना आज्मी, अभिषेक बच्चन, अमिताभ बच्चन, सायमी खेर र अंगद वेदीको मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन भने आर बाल्कीले गरेका हुन् ।

त्यसैगरी, शाहीले नै यसै अगष्ट मै रिलिज हुने बलिउड फिल्म ‘ड्रिम गर्ल २’को नेपाल अधिकार पनि खरिद गरेका छन् ।

‘ड्रिमगर्ल २’मा भने आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपुर, परेश रावल, अभिषेक बनर्जी, विजय राज, राजपाल यादव, मनोज जोशी र सिमा पौवा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशन राज सान्डियालले निर्देशन गरेका हुन् भने निर्माता एकता कपुर हुन् ।

यो फिल्म अगष्ट २५ तारिखबाट विश्वभर रिलिज हुँदैछ । यसको फहिलो भागले नेपालमा राम्रो व्यापार गर्न सफल भएको थियो ।

फिल्मको नेपाल राइट खरिद गरेपछि वितरक शाहीले व्यापारको दायरा फरक भएको र नेपाली फिल्म पनि विदेशमा चलाउन थप पहल गर्न यो चरण महत्वपूर्ण रहेको बताएका छन् ।

Leave a Reply

%d bloggers like this: