Fri. Mar 29th, 2024

काठमाडाैँ। निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ ।

अमेरिकामा राधाको विशेष शोमा व्यस्त रहेका थापाले वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेष्ट डाइरेक्टर अवार्ड हात पार्न सफल भएको जानकारी दिए । ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा नेपाली चलचित्र ‘द सेक्रेट अफ राधा’ लेखन, निर्देशन, अभिनय, फिल्म सेट डिजाइन, सम्पादन तथा छायाङ्कनलगायत सात विधामा मनोनयनमा परेको थियो ।

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई ‘प्लेटफर्म’ दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको फेस्टिभल हो । थापाको लेखनसमेत रहेको फिल्मले महिलाको सहनशक्तिको चरित्रको कथा वर्णन गरेको छ ।

यसअघि सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म नेपाल प्राविधिक सङ्घले जेठमा आयोजना गरेको नेफ्टा अवार्डमा समेत १० विधामा मनोनयनमा परेको थियो । नेफ्टामा फिल्म उत्कृष्टसँगै निर्देशक, अभिनेत्री, सहायक अभिनेता, रङ संयोजन, छायाङ्कन, सम्पादन, लेखन, वेषभूषा तथा श्रृङ्गारलगायत १० विधामा मनोनयनमा परेको छ । नेफ्टा अवार्डको ग्राण्ड फिनाले आउँदो महिना जुलाईमा अमेरिकास्थित डालस सहरमा हुने भएको छ ।

राधा चलचित्र अष्ट्रेलियाको सफल शो पछि अहिले अमेरिकाका विभिन्न राज्यमा विशेष शो भइरहेको छ । निर्देशक थापा अहिले चलचित्रको शोका क्रममा अमेरिकामा छन् । अमेरिका पछि क्यानेडामा समेत नेपाली चलचित्र द सेक्रट अफ राधा विशेष शो हुने निर्देशक थापाले जानकारी दिए ।

Leave a Reply

%d bloggers like this: