Sun. May 5th, 2024

काठमाडाैँ । बलिउडका चर्चित अभिनेता आमिर खान काठमाडाैँ आइपुगेका छन् ।

भिस्तारा एयरलाइन्सको यूके १५१ विमानमार्फत् आएका उनी आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

खानलाई स्वागत गर्न पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्याेतिलगायत व्यक्तिहरू विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बुढानिलकण्ठ गएका खानले त्यहाँको विपश्यना केन्द्रमा १० दिन ध्यान गर्ने बताइएको छ ।

राम्रा सन्देशमुलक चलचित्रमा अभिनय गरेका कारण उनका नेपालमा समेत ठुलो फ्यान फलोइङ छ । थ्रि इडियट्स, पिके र तारे जमिन् पर उनका चर्चित फिल्महरूमध्ये केही हुन् ।

Leave a Reply

%d bloggers like this: