Tue. Mar 21st, 2023

काठमाडौँ । अष्ट्रेलियाका विभिन्न सहरहरूमा यतिबेला फिल्म ‘राधा’को प्रर्दशन चलिरहेको छ। नेपालका हलमा प्रदर्शनको हप्तादिनमै स्थगित गरेका निर्देशक सुवर्ण थापाले फिल्म लिएर डेढ महिनाअघि अष्ट्रेलिया गएका थिए।

सिड्नी र मेलबर्नमा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको फिल्म त्यसपछि विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। क्रेगिवर्नमा प्रदर्शनको बेला दर्शकको उत्साहजनक उपस्थिति थियो।

शुक्रबार एडिलेडमा प्रर्दशन भएको फिल्म राघाको क्विन्सल्याण्डमा सो हुनेछ। निर्देशक थापाका अनुसार सिड्नीमा फेरि प्रदर्शन हुनेछ। न्युक्यास्ट्ली, क्यानबेरा हुँदै थप सहरमा पनि प्रदर्शन हुने क्रम भइरहेको छ। ‘नेपाली तथा यहाँका दर्शकहरूले फिल्म मन पराइदिनुभएर सो थपिरहेका छौं,’ उनले भने।

फिल्मलाई सुर्वण थापाले निर्देशन गरेका हुन्। निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ। यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।

बिक्रम डि जोशीको निर्माण रहेको फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठ र बिपिन मल्लले सम्पादन गरेका हुन्।

फिल्ममा हराइरहेको श्रीमान्‌को खोजी गर्न सहर हिँडेकी महिलाको कथा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *