Fri. Mar 29th, 2024

काठमाण्डाै। नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना

भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । चलचित्रमा रेखा थापाको विशेष भूमिका रहेको छ ।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा उहाँकै कथा र निर्देशन रहेकाे छ । चलचित्रकाे पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको सङ्गीत रहेकाेमा सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन तथा कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: