Sat. Apr 20th, 2024

काठमाडाैँ। क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’बाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो ।

जितपछि अमेरिकाले तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहयो । यस समूहबाट इंग्ल्यान्ड विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । इरान तीन अंक र वेल्स एक अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले खेलको ३८औं मिनेटमा निर्णायक गोल गरेका थिए । बाँकी समय दुबै टोलीले गोलका केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

रातिनै भएको खेलमा मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस र सफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो ।

Leave a Reply

%d bloggers like this: