Tue. Mar 19th, 2024

एजेन्सी। विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा नै जर्मनी पराजित भएको छ। पहिलो हाफमा अग्रता लिएको जर्मनी दोश्रो हाफमा २ गोल खाएसँगै जापानसँग पराजित भएको हो।

सुरूवाति अग्रता लिएको जर्मनीका लागि इल्काइ गुन्डोगनले खेलको ३३ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। तर, जापानको हाइ प्रेसिङमा जर्मनीले अग्रता जोगाउन सकेन।

जापानका लागि खेलको ७५ मिनेटमा रित्सु दोअनले बराबरी गोल फर्काए। त्यस्तै, ८३ मिनेटमा ताकुमा अासानोले गोल गर्दै जापानलाई महत्वपूर्ण अग्रता दिलाए।

त्यसपछि बाँकि रहेको समयमा दुबै टोलीले गोल गर्न नसक्दा जापान विजयी भयो। जापानले ग्रुप ई मा अग्रता लिएको छ। अब जापानले कोस्टारिका र स्पेनसँग खेल्नेछ।

जर्मनीले पछिल्ला २ विश्वकपको पहिलो खेलमा हार व्यहोरेको छ। २०१८मा मेक्सिकोसँग पहिलो खेल हारेको जर्मनी अन्तिम खेलमा कोरियासँग पराजय व्यहोर्दै समूह चरणबाटै घर फर्किएको थियो।

Leave a Reply

%d bloggers like this: