Thu. May 2nd, 2024

एजेन्सी। कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी सुरुआत गरेको हो। स्पेनले खेलको पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल ग¥यो। स्पेनको जितमा फेरान टोरेसले दुई गोल गरे भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक÷एक गोल गरे।

स्पेनले खेलको ११औँ मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो। खेलको २१औँ मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो। खेलको ३१औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो।

कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो। खेलको ५४औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए। ७५औँ मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए।

खेलको ९०औँ मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए। यस जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमै ३ अङ्क जोडेको छ।

Leave a Reply

%d bloggers like this: